तिम्रै मनको मझेरीमा आऊँला पर्खिबस्नु
तिम्रै निद सपनीमा छाऊँला पर्खिबस्नु
नआत्तिनु, बादलुको भेषमा आउनेछु
पानी वर्षी आउनु माया लाऊँला पर्खिबस्नु
नहोस कठोर मुटु तिम्रो वनावटी त्यो मन
चाहिंदैन व्यञ्जन, खोले खाऊँला पर्खिबस्नु
मुना-मदन जस्तै चोखो बनोस्, मायाको देश
वायुपङ्खी घोडा चढी जाऊँला पर्खिबस्नु ।।
दीपा धिताल
रेडियो हाम्रो पहुँच
तुल्सीपुर दाङ
