Skip to content

नवराज योन्जन

तिम्रो चर्चा

कुरा काट्नेहरुलाई काट्न देऊ
यो त हुर्किदै गरेका अबोध बच्चाहरुले किताब च्यातेजस्तै हो।
खानलाई सिक्दै गर्दा आफ्नै थाल वरिपरि जुठ्ठो छरेजस्तै हो
कोरोनाको बीचमा बिना खोलको मुखले बोले जस्तै हो।
समयले दिएको उपहार
चालेको प्रत्येक पाइलाहरू
बनाइरहेको हरेक वहानाहरू

फुली

तिमीलाई थाहा हुनुपर्छ ।
ए ! ठुली
तिम्रो श्रीमान् आर्थिक लडाइँमा छ ।
बचाउनलाई तिम्रो त्यो नाकको फुली ।

विदेशी गल्ली गल्लीमा
बनेको छ कुल्ली
बैशालु शरीरलाई पगाली
पसिनाका कयौ थोप्पा थोप्पाहरू निकाली

हामी दासी हौं ?

काल्पनिक प्रतिकका
ए ! दासी पुजारीहरू हो |
शास्त्र रटाइरहेयौ !
उच्चाकाङ्क्षाको जगतको मन्दिरहरुमा
महत्वकाङ्क्षाको फुलहरू चढाइरहेयौ
हेर्नेले हेरिरहे,लुट्नेले लुटिरहे
जसोतसो कष्टका सासहरू
घुमिफिरी कोही आए कोही गए

जीवनको एक पाठ

देखेको थिइन्, सुनेको थिएन्, मैले
रोपेको प्रेमबाट फुल्दै फक्रिदै
तरबारीय धार पैदा हुन्छ ।
जस भित्रपनि थाहा थिएन्
गाँसेको सम्वन्ध चुड़ाई, आन्तरिक इन्द्रियलाई मारेर
जोडिएको मुटु काटेर आदि लान्छ भनि,
त्यसैले ए जिन्दगी, मौन छु म !

आसक्ति थियो कि प्रेम ?

निरन्तर दौडिने समयलाई पछ्याउन खोज्दा
त्यो एक पल थियो ।
जुन संयोगमा मनको कुरा बुझिदिनु थियो
म उनीसँगै निथ्रुक्क भिज्नु थियो ।

कति कुरा नभन्दा नभन्दै
थाहा पाउने ! म भुल्दै हराउने उसको अथाह मन
फूलको परिभाषा बाँडेकी उनी
यथार्थ प्रकृतिसँग रम्दै बोकेर हिडेकी उनी

घर फर्कियौं

अथाह चाहना सपनाहरुको भीडहरुमा
समालिदै र समाल्दै
तातो हावा खाँदै मरुभूमिको मुटुमा तड्पेर
गैति र बेल्चाहरुले अलकत्रा बिछ्याउदै
अभावै अभावमा फाटेको जिन्दगीका टालाहरू
कति दिन सिलाउने हो ।
साईला……………

विधवा

हावाको झोक्का भएर आयो
फैलाई दिए तन खुलाई दिए मन
म त्यही सुस्केरासँगै लहराए
त्यसरीनै चट्कै छोडेर गयो
म सुनसानमा एकोहोरो टोलाइरहे
त्यो एक्लो “बर” वा “पिपल” जस्तै ।

फुलिदिने लालीगुँरास झैँ

फुलिदिने लालीगुँरास झैँ पातको यात्रामा छ जीवन
कहिल्यै नझुक्ने कठोर बातको यात्रामा छ जीवन

गरिबी अशिक्षित भोकभोकै छन् लालाबाला घरमा
क्रान्तिको बाटो रोज्दै आघातको यात्रामा छ जीवन

म मरेको दिन

कुण्ठाको ठाउँमा
एक मुठ्ठी शासको कुस्तसँगै
म फुल्दै गर्दा घाम लागेको छ ।
भरिया बन्दै ती बादलहरू
कहिले लेक कहिले बेशी गर्दैछन्
चिसो चिसो सिरसिर बतासको मधुर संगीतमा
वनकुञ्जमा बसी
चराचुरुंगीहरू संयुक्त कण्ठ मन्द गाउँदैछन् ।

यात्राको पाइलैपिच्छे

यात्राको पाइलैपिच्छे खिइँदै जाने, जुत्ता जस्तै जिन्दगी
मुठ्ठी भेलाएर बाँधिएको घाँसको, मुठा जस्तै जिन्दगी

विभिन्न स्वरुपसँगै दिनहरू, ढल्दैछ रातहरू बित्दैछ
सँगसँगै जगतमा विलिन वृक्षको, ठुट्टा जस्तै जिन्दगी

संघर्षशील यात्रा गर्दै छन्

संघर्षशील यात्रा गर्दै छन्,जीवन विभिन्न आशले
बिछोडिनु रहर कहाँ होर ? बाध्यता गाँस कपासले

कोल्टे फेर्दै सम्झन्छु,आफ्नै गाउँघरको बस्तीहरू
कतै झस्किन्छु ऋण तिर्न,नसक्ने हुकी सन्त्रासले

समयको गुनासो

मेरो एउटै गुनासो
एकनासमा टक टक रोकिदै
एकपेज दिन एकपेज रातको साथमा हिडिरहेको
त्यो घाम र त्यो जुन-ताराहरूले गर्दछन् प्रश्नहरू…

वैशालु हावाको बेगमा उडेर बतासीय पछि
कलिला आसाका मुनाहरू लतारिदै जादा
परिस्थितिलाई समयसँग जोड्दै मलाई
किन दूषित बनाउछन् यी मान्छे भनाउदाहरू ?

एक्लै यात्रा कठिन

एक्लै यात्रा कठिन, कसैको साथ् भए हुन्थियो
यो मधुर हावासँगै, उसैसँग बात भए हुन्थियो

पिरतीको बाटोमा, गर्नु थियो धेरै लामो यात्रा
सधैँ सहारा दिने, कसैको हात भए हुन्थियो

एकतर्फी प्रेम

“प्रेमले, न मर्न दिन्छ, न त बाँच्न दिन्छ”
सम्झे मैले तानाशाह ती हिटलरलाई
र भने प्रिय….
जीवित सास रहुन जेल आस भन्छन् ।
आफ्नो स्वार्थ पुरागर्दै जित खोज्नेहरूको सहरमा
तिम्रो प्रेमसँग लडाइँ खेलेको धेरै भइसक्यो ।

NabarajYonjan

समय

त्यो एक पल थियो ,
५१ करोड वर्गकिलो मीटर ओगट्ने
दिन र रातलाई
एकनास मापन गर्दै दौडिरहेको
विश्वको कयौ घन्टाघरको सुईहरूलाई
संसारको अग्लो
आफ्नै देशको सगरमाथा चढेर
चिच्याउँदै कराउन मन लागेको थियो ।