कुरा काट्नेहरुलाई काट्न देऊ
यो त हुर्किदै गरेका अबोध बच्चाहरुले किताब च्यातेजस्तै हो।
खानलाई सिक्दै गर्दा आफ्नै थाल वरिपरि जुठ्ठो छरेजस्तै हो
कोरोनाको बीचमा बिना खोलको मुखले बोले जस्तै हो।
समयले दिएको उपहार
चालेको प्रत्येक पाइलाहरू
बनाइरहेको हरेक वहानाहरू
काल्पनिक प्रतिकका
ए ! दासी पुजारीहरू हो |
शास्त्र रटाइरहेयौ !
उच्चाकाङ्क्षाको जगतको मन्दिरहरुमा
महत्वकाङ्क्षाको फुलहरू चढाइरहेयौ
हेर्नेले हेरिरहे,लुट्नेले लुटिरहे
जसोतसो कष्टका सासहरू
घुमिफिरी कोही आए कोही गए
देखेको थिइन्, सुनेको थिएन्, मैले
रोपेको प्रेमबाट फुल्दै फक्रिदै
तरबारीय धार पैदा हुन्छ ।
जस भित्रपनि थाहा थिएन्
गाँसेको सम्वन्ध चुड़ाई, आन्तरिक इन्द्रियलाई मारेर
जोडिएको मुटु काटेर आदि लान्छ भनि,
त्यसैले ए जिन्दगी, मौन छु म !
हावाको झोक्का भएर आयो
फैलाई दिए तन खुलाई दिए मन
म त्यही सुस्केरासँगै लहराए
त्यसरीनै चट्कै छोडेर गयो
म सुनसानमा एकोहोरो टोलाइरहे
त्यो एक्लो “बर” वा “पिपल” जस्तै ।
कुण्ठाको ठाउँमा
एक मुठ्ठी शासको कुस्तसँगै
म फुल्दै गर्दा घाम लागेको छ ।
भरिया बन्दै ती बादलहरू
कहिले लेक कहिले बेशी गर्दैछन्
चिसो चिसो सिरसिर बतासको मधुर संगीतमा
वनकुञ्जमा बसी
चराचुरुंगीहरू संयुक्त कण्ठ मन्द गाउँदैछन् ।
“प्रेमले, न मर्न दिन्छ, न त बाँच्न दिन्छ”
सम्झे मैले तानाशाह ती हिटलरलाई
र भने प्रिय….
जीवित सास रहुन जेल आस भन्छन् ।
आफ्नो स्वार्थ पुरागर्दै जित खोज्नेहरूको सहरमा
तिम्रो प्रेमसँग लडाइँ खेलेको धेरै भइसक्यो ।
त्यो एक पल थियो ,
५१ करोड वर्गकिलो मीटर ओगट्ने
दिन र रातलाई
एकनास मापन गर्दै दौडिरहेको
विश्वको कयौ घन्टाघरको सुईहरूलाई
संसारको अग्लो
आफ्नै देशको सगरमाथा चढेर
चिच्याउँदै कराउन मन लागेको थियो ।