काल्पनिक प्रतिकका
ए ! दासी पुजारीहरू हो |
शास्त्र रटाइरहेयौ !
उच्चाकाङ्क्षाको जगतको मन्दिरहरुमा
महत्वकाङ्क्षाको फुलहरू चढाइरहेयौ
हेर्नेले हेरिरहे,लुट्नेले लुटिरहे
जसोतसो कष्टका सासहरू
घुमिफिरी कोही आए कोही गए
उस्तै सास,एउटै स्वरूप
एउटै आवश्यकतामा उठाई देऊ पर्खालहरू
बनाई दियौ तेरो, मेरो फरक, फरक
भइदिएन कुनै जीवनको सम्मान
नयाँ विरुवाहरुमा उही पुरानै मन र आत्माहरू हुर्कायौ
एकानासमा समय वग्दै वग्दै गयो
निरपेक्षतामा पन्चतत्व जल्दै जल्दै गयो |
त्यहाँ,
मानवता के थाहा ?
प्रेम,ममता करुणा के थाहा ?
कर्तव्य र जिम्मेवार दायित्व के थाहा ?
त्याग र वलिदानको के कुरा ?
परिवर्तन र परिमार्जनको के अर्थ ?
मूल्य मान्यता र महत्व केका लागि ?
कुनै केहिरहेन् | यी सबै बोल्ने कुराहरू हुन्
रहेनन कुनै जीवन फूलका आदारहरू
जहाँ,
मृत्युको पूजा गरिन्छ
जीवनवादी हैन मृत्युवादिको पाठ सिकाइन्छ |
मृत्युका,चुडिएका,सिद्धिएका,ओइलिएको फुलका
र
चिहानहरुका
प्रशंसा र श्रद्दाहरू हुन्छ |
