संघर्षशील यात्रा गर्दै छन्,जीवन विभिन्न आशले
बिछोडिनु रहर कहाँ होर ? बाध्यता गाँस कपासले
कोल्टे फेर्दै सम्झन्छु,आफ्नै गाउँघरको बस्तीहरू
कतै झस्किन्छु ऋण तिर्न,नसक्ने हुकी सन्त्रासले
यादहरू सपनाको लहरमा,फड्को मार्दै निद्रासँगै
भोलिका सुन्दर दिनहरू,खोज्दैछ आजको वासले
जीवनको परिभाषालाई,व्यवहारमा खोज्दै जादा
मयालुकै स्पर्ष झैँ,झस्काई दिने गर्छ यिनै बतासले
नवराज योन्जन
