निरन्तर दौडिने समयलाई पछ्याउन खोज्दा
त्यो एक पल थियो ।
जुन संयोगमा मनको कुरा बुझिदिनु थियो
म उनीसँगै निथ्रुक्क भिज्नु थियो ।
कति कुरा नभन्दा नभन्दै
थाहा पाउने ! म भुल्दै हराउने उसको अथाह मन
फूलको परिभाषा बाँडेकी उनी
यथार्थ प्रकृतिसँग रम्दै बोकेर हिडेकी उनी
अरु मान्छेहरुले सोचेभन्दा धेरै…. पर पर
यो मनभन्दा धेरै भित्र बसेकी उनी
हरपल यो मस्तिष्कको वरिपरि घुमेकी हुन्छिन् ।
भित्रभित्रै उकुसमुकुस रुमलिदा
उज्यालो र सितल दिएको थिन्
उसका समधुर बोली लजाउने ती नेत्रहरुले
बनाएकी थिइन् ! जल लहरित त्यो समुद्र झैँ
छताछुल्ल !
जीवनलाई सम्झौता र समर्पणमा हस्ताक्षर गरेकी
भने जस्तो, सोंचे जस्तो, चाहे जस्तो हुँदैन भनेर बुझेकी
नडगमगाई निरन्तर पोखिरहनु बगिरहने
उसको सोंच !
यति बुझ्दिनु होस् ! र भन्दिनु होस्
यदि प्रेममा आशक्ति खोजिन्छ भने
त्यो उनको प्रेम थिएन् ।
प्रत्येक पल मेरो समयलाई सोध्दै
उसको समय पछ्याउने बहाना थियो ।
यदि
आशक्तिभन्दा माथि… उठेको हुन्छ माया प्रेम भने
बिल्कुल सच्चा म प्रति प्रेम र त्यसको पुजारी थिइन् ।
नवराज योञ्जन
भोजपुर
