फुलिदिने लालीगुँरास झैँ पातको यात्रामा छ जीवन
कहिल्यै नझुक्ने कठोर बातको यात्रामा छ जीवन
गरिबी अशिक्षित भोकभोकै छन् लालाबाला घरमा
क्रान्तिको बाटो रोज्दै आघातको यात्रामा छ जीवन
बाँच्ने आधार खोज्दा आतंककारी भन्यो सामन्तले
खोलानाला वन जङ्गल रातको यात्रामा छ जीवन
अनन्त सोच कल्पनामा हिडिरहेकाछन् पाइलाहरू
वर्तमानको ज्ञातबाट अज्ञातको यात्रामा छ जीवन
शोषित पीडितहरू उनीनु छ सयपत्रीझैँ माला बनेर
समर्पित एकअर्का हात हातको यात्रामा छ जीवन
– नवराज योन्जन
भोजपुर
