Skip to content

एकतर्फी प्रेम


“प्रेमले, न मर्न दिन्छ, न त बाँच्न दिन्छ”
सम्झे मैले तानाशाह ती हिटलरलाई
र भने प्रिय….
जीवित सास रहुन जेल आस भन्छन् ।
आफ्नो स्वार्थ पुरागर्दै जित खोज्नेहरूको सहरमा
तिम्रो प्रेमसँग लडाइँ खेलेको धेरै भइसक्यो ।

लड्दा लड्दै न जित भएको छ, न त हार भएको छ
तिम्रो भन्दापनि मेरो अघोषित युद्धभूमिमा
मानौ,
दिन पनि रात परे जस्तै, रात पनि दिनभए जस्तै
जित पनि हार भए जस्तै, हार पनि जित भए जस्तै
जस्तै, जस्तै, , ……
एकदम प्यासी हो कि दासी हो
छुट्याउनै गाह्रो भएको छ ।
खोइ, कस्तो कस्तो ….

तिम्रा ती ओजन र कम्पन सहितको मिसायल झैँ
यादहरूको आक्रमण हुन्छ मन मनमस्तिष्कमा
पाँच ज्ञानिद्रीय सहितको विम्बसँगै अचेत्त वेहोस् झैँ
आफैभित्र हराउदै झस्किदै समालिन खोज्छु ।

मैले पनि तिमीले झैँ इच्छा र चाहना
तिम्रो नाममा धड्किने धड्कन सुरक्षित राख्दै
प्रतिआक्रमण नगर्न खोजेको हैन्
तर तिमीमा त्यसको कुनै लक्षण देखिएन्
क्षमता योग्यता पुगेनन होला
सायद केहीमा कम्जोर थिए होला
त्यसैले तिम्रो कुनै मन्तव्य सुनिन्
कुनै वक्तव्य देखिन् ।
यो चुरोटको न्यानो अदुर्दर्सीय तेजसँगै
धुँवा झैँ फुस्रो फुस्स हाँस्दै निश्चित रुपमा
मनलाई संसोधन गर्दै अन्त्यमा युद्ध बिराम गर्न पुगेको छु ।
तर नसोच्नु कि !
उसले आत्मा समर्णपन गर्यो भनी …….
– नवराज योन्जन

Leave a Reply

Your email address will not be published. Required fields are marked *