एक्लै यात्रा कठिन, कसैको साथ् भए हुन्थियो
यो मधुर हावासँगै, उसैसँग बात भए हुन्थियो
पिरतीको बाटोमा, गर्नु थियो धेरै लामो यात्रा
सधैँ सहारा दिने, कसैको हात भए हुन्थियो
मिलेर बनाउनु थियो, अज्ञाततिर डुब्दै ज्ञात
हामी संगसँगै त्यो, जुनेली रात भए हुन्थियो
स्पर्शमा एक अर्कासँगै, छर्नु थियो सुगन्ध
रमाउनु छ यहाँ, उन्मत्त मात भए हुन्थियो
बिल्कुल तिमी पानी, म माछाझैँ रमाउनु छ
केही पर्दैन फरक, कसैमा घात भए हुन्थियो !
नवराज योञ्जन
भोजपुर
