Skip to content


कुण्ठाको ठाउँमा
एक मुठ्ठी शासको कुस्तसँगै
म फुल्दै गर्दा घाम लागेको छ ।
भरिया बन्दै ती बादलहरू
कहिले लेक कहिले बेशी गर्दैछन्
चिसो चिसो सिरसिर बतासको मधुर संगीतमा
वनकुञ्जमा बसी
चराचुरुंगीहरू संयुक्त कण्ठ मन्द गाउँदैछन् ।

धुलो, धुँवा, पतिङ्गार, कसिङ्गार, रमाउदै नांचिरहेकाछन ।
खोला झरनाले छाँगामा चिप्लिदै कुण्डहरुमा बिसाउदै
बगरको मायामा फोहोर सफा गर्दै हिडिरहेको छ ।
पर पर क्षितिजसँगै पहाडका तरेलीहरुले सुरक्षाको अनुभूति दिएको छ ।
यो मन छ, प्रेम छ, दया छ, आभार छ, वास्ना छ ।
रत संसार कति प्यारो छ ।

म सोंचिरहेको छु ।
म झरेको दिन कस्तो होला
म आफै भित्र लमतन्न मरेको सपनामा छु
म चुपचापसँगै वातावरण सुनसान देख्छु
दिन साच्चै कालो अँध्यारो छ
न जुन छ न घाम छ ।
मैले टेक्ने न कुनै ठाम छ ।
साच्चै दिन अँध्यारो छ
न तेरो नत मेरो छ
न धनी छ न गरिब छ
सुनसान त्यही च्यानडाँडा प्यारो छ ।

नवराज योन्जन
भोजपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *