Skip to content

यात्राको पाइलैपिच्छे


यात्राको पाइलैपिच्छे खिइँदै जाने, जुत्ता जस्तै जिन्दगी
मुठ्ठी भेलाएर बाँधिएको घाँसको, मुठा जस्तै जिन्दगी

विभिन्न स्वरुपसँगै दिनहरू, ढल्दैछ रातहरू बित्दैछ
सँगसँगै जगतमा विलिन वृक्षको, ठुट्टा जस्तै जिन्दगी

हेर्दा राम्रो धुयो टल्कायो लगायो, मस्कायो चम्कायो
दिनदिनै पखाली जाने कपडाको, बुट्टा जस्तै जिन्दगी

लाग्छ ! यही एकमुठ्ठी सासले, सुख लिँदै दिँदैछ दु:ख
समय अनुसार लहरिदै बस्ने, गुन्टा जस्तै जिन्दगी

यस्तो पनि खोई के जिन्दगी, जिन्दगी त्यस्तो होस्
चाहन्छु इतिहास रचेर राख्ने, बुता जस्तै जिन्दगी

Leave a Reply

Your email address will not be published. Required fields are marked *