Skip to content

मुस्कुराऊ त्यो ओठमा

  • by

मुस्कुराऊ त्यो ओठमा हल्का खुशीको खाँचो छ
लाग्छ तिमी मुस्कुराउन काउकुतीको खाँचो छ

गुम्यो लिपुलेक भ्रष्ट कातरकै कारण बिग्रियो देश
हो आज तिनै राष्ट्रभक्त बिभूतिको खाँचो छ

म, अब राजा बिना नै देश झै गरेर घर बनाउँछु
बस यो रहर पूरा गर्न केवल एउटीको खाँचो छ

मुस्कान यसरी देखाऊ कि सबैभन्दा धनवान तिमी हौ
जसरी अँध्यारो भगाउन एउटा सानू टुकिको खाँचो छ

✍️सुजन बुढाथोकी
रतुवामाइ, मोरङ्ग

Leave a Reply

Your email address will not be published. Required fields are marked *