Skip to content

जनता-जनता, यो देशको

  • by
SujanBudhathoki

जनता-जनता, यो देशको जनता मारमा छ
सरकार यहाँ पार्टी र सरकार धारमा छ

धन भएर पनि यो मनमा यत्ति खुशी छैन
कत्ति! धेरै बहुमूल्य बस्तुहरू बजारमा छ

डुबिएला त्यहाँ नजाऊ सागरमै पुगिएला
बेग प्रबेग यो भावनाको हद रफ्तारमा छ

तिमी पनि यार, बेकारमा प्यार गर्छौ
फाइदै छैन जति हुनु बरु ब्यहपारमा छ

यसैले मलाई माया नगर, ए नक्कली मैयाँ
अस्लि माया त मात्र मेरी आमाको अनुहारमा छ

परिवार धनी होस या गरीबकै फरक पर्दैन
जति हुनु सर्वस्व त्यही घरको सस्कारमा छ

कोरोनाको उपचारमा पनि हामी लागेकै हौ
र लगेकै छ सरकार तर भ्रष्टचारमा छ

हो मलाई मान्छे बन्नलाई नै दुख चाहिएको हो
भन दुखै नभएको मान्छे कुन संसारमा छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *