Skip to content

पर्मेश्वर पानी हाम्रो जिन्दगानी हो !

  • by

वाटर, वाटर, वाटर निरन्तर
पानीकै लागि आवाज बोकेर
एकसाथ हामीहरू काठमाण्डौं शहरबाट हिडेर
त्यो टाढाको मेलम्चीसम्म पुग्यौ ।

वाटर, वाटर, वाटर
निरन्तर हामीहरू पानीकै प्यासमा
छट्पटिएर ! बगरबाट
प्रशान्त महासागरसम्म पुग्यौ !

पानीकै प्यासमा
केवल जलकै आसमा आयौ
अनि करायौ र चिच्चाइरह्यौ!

किनकि, पानी हाम्रो गाँस मात्र थिएन
गाँस बाँस र कपास थियो
पानी हाम्रो अधिकार थियो
पानी हाम्रो जिन्दगानी थियो
जुन ईश्वरले हामीलाई बञ्चित गरिदियो ।

डाक्टर डाक्टर डाक्टर!
निन्तर हामीहरू
उपचारकै लागि
नगरको शहरको
हस्पिटलसम्म आयौ र चिच्याइरह्यौ।

हाम्रो चित्कारलाई सुनेर
हाम्रो अधिकारलाई सुनेर
हाम्रो उपचारलाई सुनेर
अचानक, एउटा चौकिदारले
एक गिलास चिसो पानी पियो
हामीतिर फर्कियो र यो भन्यो कि

डक्टर साप पानीकै सङ्गक्रमणले
घाटिमा एलर्जी भएर
यो संसारकै महङ्गो अस्पताल
बिदेशमा उपचार गराउन जानुभएको छ!

हामी फर्किएर आयौ र
हामीले यो बुज्यौ कि
त्यहाँ पानी प्रसस्त पाइदो रहेछ
या त, त्यहाँको पानी दुषित भएछ?

सागरमा आएर
मुख धुने बारे विचार गरिरह्यौ
अफसोच बगर छेवैको
मरुभूमिमा छट्पटिरहेको मृग
र भड्किरहेको एउटा मुसोले भन्यो
कि!!

त्यहाँ नजानुहोस हजुर
प्रभाकरले महासागर सब सुकिसकेको छ।
सूर्यको प्रकाशले पानीको मुहान रित्तिसकेको छ।

मेघदूत!
पर्मेश्वर!
पृथ्वीमा पानीको हाहाकार मच्चिरहेको थियो
र प्राणिहरू एकदम आकुल ब्याकुल थिए
स्वयम हामीहरू नै तड्पिरह्यौ
र पानीकै प्यासमा पाताल पनि पुग्यौ
हामीहरू पानीकै आसमा ताल पुग्यौ
अस्पताल पुग्यौ
पानीकै आसमा हामीहरू
कास्किको लुम्ले पनि पुग्यौ
तर पनि पानी प्युन कहीं पनि पाएनौ
हामीहरुले पानी खाएनौ
बरु भ्रमित मृग झै मिराजमै
पानीको प्यासमा जिन्दगानी गुजारिरह्यौ।

उपरबाट पृथ्वीमा कहिले पनि पानी परेन
सायद,
अब बाचुञ्जेल……………
हामीले आफ्नो अधिकार पाउदिनम
आफ्नो आहाराहरुको निमित्त
राज गरेर
कुन भयङ्गकर ह्वेल र डल्फिन
या बङ्गगारा बिग्रिएको दाते अजिङ्गर
बस्छ त्यो महासागरमा?
र कस्ले गर्यो नङ्गग्याएर
ती जम्मै मुहानहरुको सेवन?
नत्र किन ईश्वर?
यो संसारमा
अनायसै पानीको हाहाकार भएको छ आज?

प्रचुर पानीले पुरिएका ती
महासागरहरू कसरी आज मधुर भए?
जलश्रोतको दोस्रो धनी देश
र यो देशमा कति
खोला नदी नालाहरू थिए
तर अफसोच अहिले
तिनीहरू आफै रित्तिए ! सकिए !
कि बेचिए ?

गगन तिमी त साच्छी छौ नि
भन कुन बहादुरले गर्यो
कुनै कछुवा झै त्यत्रो विशाल भण्डार
डुबुल्की पानी पोखरीहरुको मन्थन?
र हामीहरुलाई बनाइदियो बगरमा
हिकहिक बाडुल्कीसहित
आहा मुख बनाएर
कुवामा ट्वारट्वार
कराइरहेका कुण्ठित भ्यागुताहरू झै गरेर पीडित?

हामीहरुले अन्तिममा यो बुझ्यौ
र त्यहाबाट अन्तै फर्कियौ ।
र उठ झै बगरमा उभियौ ।

न्यायाधिस ! जगदीश
हामीहरुले यो बुझ्यौं कि
त्यो अदालत
र यो नेलालाकास
उस्तै उस्तै रहेछ
अनि,,
उस्तै उस्तै निष्ठुर !

हामी भेडोहरुले यो बुझ्यौ
र त्यहाबाट दूर अन्तै फर्कियौ
किनकि,
महासागरमा बस्ने हामीहरू
जरुर कुनै कलिला,
मसिना
र मजबुर माछाहरू थियौ ।

रतुवामाइ-८, मोरङ्ग
सुजन बुढाथोकी

Leave a Reply

Your email address will not be published. Required fields are marked *