Skip to content

सुजन बुढाथोकी

मात्र एकपटक खोसिएको छैन

मात्र एकपटक खोसिएको छैन निरन्तर खोसिएको छ
संसार खोसिएको उसको बाँच्ने अवसर खोसिएको छ

उत्ता अदालतले निवेदन दिन पनि दस्तुर माग्यो
श्रीमान म मजदुर हुँ र मेरो ज्यालादर खोसिएको छ

डुबिरहेको डुङ्गामा सुतिरहेको माझी

डुबिरहेछ डुङ्गा सुतिरहेछ माझी हारगुहार के गर्नु?
जति नै चिच्याए पनि यहाँ हुँदै हुदैन उद्दार, के गर्नु ?

यो देशमा कोरोनाकै कारण नौजवान मरेर जान्छन
अनुसन्धान गर्दै चिहानमा आउँछ पिसिआर, के गर्नु?

मेरो देशमा दीपावली छ

बिन्ती आज मेरो यो छातीमा बन्दुक नपड्काऊ
मेरो देशमा दीपावली छ
बरु आऊ तिमी पनि मेरी बहिनीको टीका लगाऊ
मेरो देशमा दीपावली छ

दाजुहरू हातमाहतियार र गर्धनमा गन बोकेर भन्छन (२)
भाइ भारतका गान्दी बोलाऊ
र यो देशका बुद्धहरुलाई जगाऊ
बरु आऊ तिमी पनि मेरी बहिनीको टीका लगाऊ
मेरो देशमा दीपावली छ

सिमानामा अब एउटा

सिमानामा अब एउटा वीर गोर्खाली चाहिएको छ
त्यो हाम्रो हो र हामीलाई महाकाली चाहिएको छ

मैले जति नै आलि लगाए पनि ऊ भत्काइरहन्छ,
सायद उसलाई सोझो हैन छिमेकी जाली चाहिएको छ

रुवाउने प्रेम क्षणिक हो

रुवाउने प्रेम क्षणिक हो र याद स्थायी हो
मलाई डुबाइने तिम्रै मायाको गहिराइ हो

ऊ फेरि मागिरहेछ दश हजार घरभाडाको
के गर्नु ? नाताले हामी आफ्नै दाजुभाइ हो

मेरी धर्मपत्नी

जब दिनभरि काम गरेर
अनि रातमा गलेर
म घर आउछु ।
तब म सबैभन्दा पहिला
आफ्ना औलाहरू उठाएर
उनका ओठहरुलाई सुम्सुम्याउँछु
मायाले छुन्छु उङ्को दिल
अनि उनका हरेक सम्वेदनशील अङ्गहरू थिच्छु

SujanBudhathoki-02

मेरो काका, भाइ र म

मेरो काका दिनभरिको व्यापार सकिएपछि
प्राय:हरेक रात
र साँझ
जसरी भए पनि चोकको भट्टी जानुहुन्छ
र लमतन्न हुने गरी
टन्न रक्सी खानुहुन्छ ।

एउटा अनौठो कैदीडाँका र लुटेराविरुद्ध युद्ध

असङ्ख्य हत्या-हिंसा लुटपाट
अनि जघन्य अपराधको अवियोगमा
एउटा गुन्डालाई जेलचलान गरियो
र थुनियो जन्मकैद कारागारमा !

स्पेस

म कहिलेकाहीँ सोच्ने गर्दछु
यदि, यो पृथ्वीमा मान्छेभन्दा पनि धेरै
बस्तुहरू हुने भने यी मान्छेहरू
कहाँ जान्थे होला?

र यो आकाश धेरै नै तल खस्नु भने
सास फेर्न कति गाह्रो हुन्थ्यो होला?

लेखक, कृषक र चिकित्सकहरु

मैले कविता लेखेको
आज दुई चार वर्ष भयो
मानौ,
होलान सायद, त्यसमा
हजारभन्दा ज्यादा असरदार कविताहरू
कलम विचारहरुको सर्वोत्तम हतियार हो
त्यस्तै
सञ्चार माध्यम, सूचना समचार

कोरोनालेकाण्डले जन्माएका पात्रहरु

भारतकी एउटी नागरिक
जो, बेलायतको सुप्रसिद्ध सुपरस्टारको
पदमा सुशोभित थिइन्
कालाकारको पहिचानले परिचित थिन
तर, जब कोरोनाको महामारी मच्चियो
र फैलियो
बनको आगो झै गरेर यो

आज पनि सर्वहाराहरुको आवाज लिएर आएको छु

सरकार आज पनि सर्वहाराहरुको
आवाज लिएर आएको छु म
डाक्टर !
यो संसारभर कहीं पनि उपचार नपाएर
केवल एउटा सानू रोग लिएर, तिम्रो सहर आएर
अनि एकबोतल पानीको प्यासमा
छट्पटिएर बौलाइरहेका
कुनै काकाकुल प्राणीहरू झै

क्रान्तिकारी

क्रान्तिकारी गोपालप्रसाद रिमालले
भने झै गरेर हो ऊ आउनेछ।

तर, यसपटक आउदा ऊ
सारा टुहुरा र आनाथहरुको निमित्त
आमाको काख भएर आउनेछ
हो ऊ आउनेछ अवस्थ ऊ एकदिन आउनेछ ।

कोरोना, करप्सन र किसान-मजदुर

रातारात भ्रष्टचार गरेर
कुनै नेता
सञ्चारमा माध्यममा हिट भएदेखि,
र ब्यापारी
कालो बजारि गरेर रङ्गिन भएपछि
कोरोना भाइरस आएदेखि,
अनि करप्सन र भ्रष्टाचारी भाइरस मौलाएदेखि
र यो सिङ्गो देश लकडाउन सर्टेज भएर,
ज्यालदरको प्याकेज हराएदेखि

म कविता सुनाउन आएको होइन

हरेक दिन
म सामाजिक सन्झालमा आइरहन्छु
र केही कविता सुनाइरहन्छु

हरेक दिन
म अनलाइनमा आइरहन्छु
र केही कथा कहानीहरू पोस्टाइरहन्छु ।

म को हुँ ? (अस्तित्ववादी)

म कसैको छोरा हुँ, म कसैको पिता
त कसैको नाति हुँ, म कसैको आज हुँ
र कसैको अतित, त कसैको पति हुँ ।

म कसैको मालिक हुँ, त कसैको दास हुँ
र कसैको कर्मचारी, म कसैको विश्वास हुँ
र कसैको निजि सम्पत्ति हुँ, त कसैको सरकारी ।