Skip to content

लिएर दुरबाट

  • by

लिएर दुरबाट तिम्रो सिउदोको सिन्दुर आउँछ
पर्खिएर बस अवश्य ऊ एकदिन जरुर आउँछ

त्यो मान्छे हो यसैले आउन, बोलाउन पर्दैन
जनावार हो रत बोलाउदा मात्र कुकुर आउँछ

यस्तै हो गाई र परेवालाई चिन्न नसकेपछि
झुर आउछ सत्तामा गु खाने सुङ्गुर आउँछ

उसको त मोवाइल पनि महङ्गो आइफोन भएर
होला,आवाज र मुस्कान पनि सुमधुर आउँछ

गाउमा कोरोना लाग्दा पनि पिसिआर पाउदैनन
सरकार सानू रुघा लाग्दा पनि सिङ्गापुर आउँछ

तारा टिपेर ल्याउँछु भन्यो उसले देश बनाउँछु
प्रेम र राजनीतिमा पनि हुनै नसक्ने सुर आउँछ

फेरि पनि यो सहर फर्किएर नआइज किन भन्नू भो ?
ऊ गरीब हो र उसको करोडौ हराएको छ हजुर आउछ

रतुवामाइ,मोरङ्ग
सुजन बुढाथोकी

Leave a Reply

Your email address will not be published. Required fields are marked *