
ठुलो दरबार छ मेरो दिलमा घर छ
केछ आउछौ मलाई तिम्रो अभर छ
मैले यस्तो भने भने तिमी के गर्छौ नानी
तिमीसँगै जिन्दगानी, बिताउने रहर छ
भो नसुनाउ भ्रष्टचारीहरू पुजिएको कुरा
देखाऊ पैला इमान्दारिताको कहाँ कदर छ
धेरै डिस्टर्ब नगर मलाई मस्त सुत्न देऊ
सबेरै भोलि हिड्नुपर्ने लामो सफर छ
बाँच्ने भनेको कठोर चतुर र दलाल नै हो
यहाँ, कमजोर र मजबुरहरू अकाल मर्छ
उसले अलिकति के धोका पाएको थियो
यस्तै हो बजारमा ऊ बौलाएको भन्ने खबर छ
घाम नआएको हैन तिम्ले ढोकै खोलेको छैन
यो संसारमा सबैका लागि समान अवसर छ ।
