Skip to content

सरकार हामी

  • by

सरकार हामी उखु खुवाउने श्रमिक हो
र हामीहरुलाई रुवाउने हाम्रै मालिक हो

यो सत्ता मिस्सी, बास्सा, राजा कोही पनि कै हैन
ऐकिक हो मुलुकमा सबैभन्दा ठुलो नागरिक हो

मेरो यो मनोरोग कहिले पनि निदान भएन
मेरी आफ्नै प्रेमिका महान मनोबैज्ञानिक हो

विद्वानहरुद्वारा दुई वटा लोजिक निस्कियो
तर, था छैन कुन ठिक हो र कुन बेठिक हो

यो देश, सरकार साहु र सहर अर्कैको रहेछ
था भो यो गाउँ बाउ र माउ मात्रै मौलिक हो

किरा र धमिरा दियोमा हिरा र खुशी खोजिरहेछ
थाहै छैन आफू सकिदै गरेको उस्कै नजिक हो

यो दुनियामा देव- ता र यो देशमा सरकार छर
छ भने त्यो माटो र मरेको मान्छेको शालिक हो

सरकार हामी उखु खुवाउने श्रमिक हो
र हामीहरुलाई रुवाउने हाम्रै मालिक हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *