कहिले पनि सकिँदैन यो दुखको कहानी, बुझ्नुस
यसैले सबथोक हो मान्छेको जिन्दगानी, बुझ्नुस
बदनमा आगो बलेको छ यो यौवन जलेको छ
जरुर मेरा लागि हजुर नै हो चिसो पानी, बुझ्नुस
कति पैसाकै लागि परदेश धाउनुहुन्छ म पर्खिरहेछु
फर्खिएर आउनुस र लुस्नुस यो जवानी, बुझ्नुस
नफस्नु मित्र, यो व्यापार र प्यारभित्र पस्नु अघि
हुन्छ कति आम्दानी र कस्तो छ बानी, बुझ्नुस
घर बनौं बा देश बन्दैन सरकार र राजा नखोजौं
कहाँ हुनुहुन्छ मेरी सपनाकि महारानी, बुझ्नुस
✍️सुजन बुढाथोकी
रतुवामाइ, मोरङ्ग
