Skip to content


चारौँले गुना पाइन्छन् यहाँ रमाइलो नगरकोट
विचित्रमय लाग्दछ यहीँ भेटिन्छ मदेश भोट

सूर्यले हिमाल अङ्कमाल गर्दा उझ्यालो मिर्मिरे
फट्टकि सेतो हिमाल पनि भैदिन्छ छिर्बिरे

चौतारी भञ्ज्याङ फूलबाटो थुम्का भिरालो सम्मैलो
हिमालमुनि त्यो मेरो घर त्यहीँ छन् रमाइलो

ऐँसेलु तिँदू काफल कटुस साल सिमल घरै छन्
स्वर्गझैँ लाग्ने त्यो जन्मभूमि जहाँ ती घरै छन्

हरिया चहुर ती वनवुटा साथीभाइ खेलेको
रहेछन् त्यहीँ विचित्रमय स्वर्ग नै छेलेको

रनोवन अहो ! वन र पाखा डिलैका चौतारी
अन्यत्र कतै पाइन्न कस्तै खोजेर भौँतारी

विश्वमा छायाँ पर्दछन् जब गोधूली घमाइलो
कल्याङ र कुलुङ पन्छीका बास त्यहीँ छन् रमाइलो

पहेँला बान्की घुर्मैलो रातो गोधूलि घमाइलो
त्यो ढुङ्गा माटो पातीका बोट त्यहीँ नै रमाइलो

दुराडाँडा, लमजुङ

मधुपर्क २०६७ फागुन
गोविन्द गोठाले विशेष

Leave a Reply

Your email address will not be published. Required fields are marked *