आचार्य प्रभा
दीप्सको ‘आगो’को लप्कासँग खेल्ने आँट
दीप्सको अति चर्चा गर्नै पर्ने कविता मध्ये एक कविता हो “आगो” । हुन त यो कविता मैले रोजी हालेँ यसको बारेमा केही बोल्नलाई । तर मलाई नै हिम्मत छैन कि यो कविताको म कसरी ढोका उघारौं ? मेरो अर्थ यो हो कि उनको यो कविताका शब्दहरू क्लिष्ट नभएर सरल शब्दमा नै छन् तथापि कविताभाव नै गहन छन् जस्लाई मैले बुझेर पनि बुझ्न सकिरहेकी छैन र नबुझेर पनि यसको बिषयमा केही भन्न आतुर छु ।
कवि मुकेश राईको अनुभूतिका रंगहरूसँग केही क्षण रंगिँदा
लाहुरे जीवन ब्यतित गर्दै भए पनि साहित्यलाई माया गर्नु र साहित्यको भण्डार भर्ने सदिच्छा राख्नु भनेको एउटा लाहुरे बिचारको उत्कृष्ट नमुना हो मुकेश राई । हुनत मैले देखेको भेटेको छैन, मुकेश राईलाई तथापि मलाई यस्तो लाग्छ । मुकेश राई अल्पभाषी, शालीन र मिलनसार प्रविर्तिका छन् । हुनत कवितामा भावना त सबैको एकनास नै हुन्छन् । जस्ले पनि आफ्ना भावनाहरूमा आफूलाई देशभक्ति, राष्ट्रभक्ति र आफूलाई समर्पित बनाएर आफूलाई पोखेका हुन्छन् तर मलाई भने किन किन मुकेश राईका भावनाहरू साँच्चै नै उनका मनका गहिराईबाटै निस्केका ध्वनिहरू हुन् भन्ने लागेकोछ । शायद मेरो मुकेशप्रति एउटा आदरभाव पनि जागेको हुन सक्छ । जे होस् उन्ले लेखेका कविताहरूमा मानव जीवनले भोगिरहेका कथाहरू नै कुँदिएका छन् जस्लाई सबैले सजिलै आत्मासात गर्न सक्दछन् । मलाई भने उन्को एउटा कविताले असाध्यै मन छोयो त्यो कविता हो । “आरोहअवरोह”भित्र समेटिएका यी शब्दहरू ।
मैले च्यात्न नसकेको मेरो बुढो डायरी
धेरै बर्ष अघिदेखि मैले यो डायरीलाई सुरक्षितसँग सम्हालेर राखेकी छु । मानौं यो डायरी मेरो निम्ति जनम जनमको साथी हो। हर स्वास्नीमान्छेहरू विवाहपश्चात सुन, चाँदीका गर-गहनाहरू सुरक्षित साथ राख्दछन् । राम्रा राम्रा लुगा कपडाहरू जतन गरेर राख्दछन् । घर जग्गा जोढ्ने र भएकालाई पनि बडो संचित गरेर राख्दछन् । तर म भने यही डायरीलाई जिन्दगीको सेरोफेरो मानेर जता बसाईँ गए पनि आफूसँग सँगै लैजाने गर्दथेँ र अहिले पनि यो सात समुद्रपारिको देशमा उक्त डायरी मेरो अचुक सम्पत्ति बनेर मसँग नै लेप्सिएर बसेको छ । चाहे छोटै गन्तब्यको बाटोमा होस् वा अहिलेको लामो दुरीको बसाईमा होस् ।
अशोकका ‘FUSION प्रतिविम्वभित्र’ चियाउँदा पग्लेका भावनाहरू
कविता संग्रह निकाल्नेहरूका भीडमा प्रवासमा रहेर पनि धेरैले आफ्ना नामहरू अंकित गरिरहेका छन्। साहित्यको भकारीमा । यसै भिंडमा अर्को एउटा शसक्त हस्ताक्षरको नमुना हो अशोक पार्थिव तामाङ । जस्को कविता सँग्रह “प्रतिविम्व” केही दिन अघि मेरो हातमा परेको छ । जसलाई म समय चोरी चोरी पढ्ने जमर्को गर्दैछु । बिदेशमा रहेर पनि साहित्यप्रतिको झुकावलाई यी प्रवासी मनहरूले त्याग्न सकेका छैनन् । पुराना दिनहरूमा कलाकारिता रुचाउँने अशोक बालककालदेखि नै कविता लेख्न पनि रुचाउँथे । जब उनी बिदेश भासिए अनी उनीभित्र देश प्रेमका कुण्ठित भावनाहरू सल्बलाउँन थाले। बिदेशका भोगाईका उनका प्रतिविम्वहरू शब्दको थुँगा बनेर किताबी रूपमा यसरी प्रतिविम्वित बनेर छाए ।
लुङ्मारी मिथकभित्र डुबुल्की मार्दा
यति खेर मेरो हातमा नयाँ स्वादको, नयाँ ढंगको अनि नयाँ हातको, हृदयबाट नै अर्पित ‘प्रेमिल शब्द थुँगाहरू’ “लुङ्मारी मिथक” कवितासंग्रह छ । म स्वाद मानी मानी बिदेशी भूमिमा यो पट्यारलाग्दो समयमा यही संग्रहको रसास्वादन गरिरहेकी छु । मुहार पुस्तिकाको माध्यमबाट परिचित बहिनी मनुको आगमन साहित्य क्षेत्रमा एउटा सशक्त कविको रूपमा मानेकी छु मैले । पहिला पहिला साधारण गीतहरू मात्र लेख्ने उनका औँलाहरू अहिले आएर यति सशक्त कविता लेख्नमा पनि पोख्त भएको देख्दा लाग्छ, नारी हस्ताक्षरहरूमा साहित्यले अर्को पृथक र ओजिलो हस्ताक्षर प्राप्त गर्न सफल भएको छ ।
“लुङ्मारी मिथक” मा कवि मनुले आफ्नै लोहोरुङ भाषालाई उभ्याएर शीर्षक राखेकी छिन् । उन्को अर्थमा लुङमारीको आशय “हृदयबाट अर्पित प्रेम” अर्थात छुट्टै प्रकारको प्रेम जो अन्य प्रेमभन्दा पृथक प्रेम आफ्नो देशको साहित्यलाई माया गरेर अर्पण गर्न चाहेकी छिन् र यो छुट्टै पनि लाग्दछ । लगभग ३०/३२ वटा मात्र संग्रहित कविताहरू भए पनि गन्तीको हिसाबले न्युन लाग्दछ तर सन्देश र अर्थको हिसाबले यी कविताहरू सयौं लादछन् ।
अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०११,जुलाई) तथा १९८ औं भानु जयन्ती र अनेससासको बीसौं वार्षिक उत्सव
आचार्य प्रभा
जुलाई १८, २०११ डेन्भर (कोलोराडो)
स्व. आदिकवि भानुभक्त आचार्यको १९८ औं जन्मजयन्ती र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को २० औं बार्षिक उत्सवको उपलक्षमा अनेससास कोलोराडो च्याप्टरले गत जुलाई १५/१६/१७ तारिकका दिन बिभिन्न कार्यक्रम बिभिन्न स्थानबाट पाल्नु हुने महानुभावहरूको आतिथ्यका साथ सफलता पूर्वक सम्पन्न गर्यो ।
जुलाई १५ तारिकका साँझ प्रथम चरणमा साँस्कृतिक कार्यक्रम र प्रशिद्ध लोक दोहोरी गायक रामप्रसाद खनालको एकल दोहोरी गायन थियो भने कार्यक्रमको समुद्घाटन अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदीबाट गरियो ।