Skip to content

प्रेम दिवस गीत

  • by


भन्नेहरू भन्दै गरुन प्रेम झुटो भनी
सोंच्नेहरू सोँच्दै गरुन माया खोटो भनी

देखाउँन सकौँ हामी प्रेम अमर छ भनी
बताउँन सकौं हामी माया अजर छ भनी

बन्न सकौँ मायाँमा अमर जोडी हामी
लेखौँ हामी पिरतीको अमर काहानी

फेर्न सकौं कलंकको अमिट प्रेम कथालाई
साट्न सकौँ दुई मुटुको पीर ब्यथालाई

(रचना समय २ /१२ /१० साँझ ५ ।१५ )

Leave a Reply

Your email address will not be published. Required fields are marked *