Skip to content

“सानु” भन्थ्यौ तिमी

  • by


मायाले मलाई बोलाउँदा सधैं “सानु” भन्थ्यौ तिमी
तिम्रो बचन कसरी म, अब नमानुँ भन्थ्यौ तिमी

कत्ति मीठो बोली गर्थ्यौ .भेटघाट् हुँदा जहिल्यै पनि
तिमीबाट मायाको हात कसरी तानुँ भन्थ्यौ तिमी

सम्झनामा हरपल तिम्रो, म नै हुन्थेँ कि शायद
तिमीबाट टाढिँदा, तस्बिर संगै लानु भन्थ्यौ तिमी

यत्ती थियो माया तिम्रो, पछ्यौरीमै बाँधी राखेँ मैले
कुनै पल भेट नहुंदा , टाढा नजानु भन्थ्यौ तिमी /

(१८ /१८ अक्षरबाट निर्मित गजल )

Leave a Reply

Your email address will not be published. Required fields are marked *