Skip to content

नविन बर्ष झुल्कियो


हर्षले छायो, मनमा हेर, बिहानी आएर
उमंगसँगै, उदायो सूर्य, झल्मल्ल छाएर।

नविन बर्ष, झुल्कियो अब, लिएर सुखद
सबैको मन, हर्षित बन्यो, आनन्द पाएर ।

बाँच्नेछन् सबै, हाँसोमा रमी, खुशी नै भएर
लडाइँ अब, लड्दैनौ भनि कसम खाएर ।

रगतको खोलो, चाहिन्न अब, सद्भाव चाहिन्छ
बाँचौला सबै, एकार्का माझ, नजिक धाएर ।

नव यो बर्ष, खुशीले मान्दै, मनमा फुलाउँ
मायाको साक्षी, बनेर बाँचौं पिरती लाएर ।  

(नयाँ बर्ष २०६७ सालको आगमनलाई हार्दिक स्वागत गर्दै सिर्जिएको गजल) 

2 thoughts on “नविन बर्ष झुल्कियो”

  1. बाँच्नेछन् सबै, हाँसोमा रमी,
    बाँच्नेछन् सबै, हाँसोमा रमी, खुशी नै भएर
    लडाइँ अब, लड्दैनौ भनि कसम खाएर ।
    sundar sher tara khai prabha jee kahile shanti hola deshma?
    sunil sangam

Leave a Reply

Your email address will not be published. Required fields are marked *