Skip to content

भाषाको बिधाता बनेर आयौ भानु

AcharyaPrabha


भाषाको बिधाता बनेर आयौ भानु
घाँसीको उपदेश् सुनेर छायौ भानु ।

सबैको मनमा बसेर गुण गरी
नेपाली भाषाको उन्नती चाह्यौ भानु ।

अमर अजर रहेर तिमी अझै
हामीमा सुन्दर आभाष ल्यायौ भानु ।

देशको चिनारी दिएर मृत्यु रोज्दै
साहित्य मनको आदर पायौ भानु ।

मरण शैय्यामा पुगेर पनि तिमी
भाषामै होम्मिने कसम खायौ भानु ।

(भानु जयन्तीको उपलक्षमा रचित भानु गजल रचना -जुलाई १२ /२०१० )

1 thought on “भाषाको बिधाता बनेर आयौ भानु”

  1. बधाइ छ, प्रभा बहिनी तपाइँलाइ
    बधाइ छ, प्रभा बहिनी तपाइँलाइ ।

    बधाइ छ, प्रभा बहिनी तपाइँलाइ सयमयानुकुल गजल लेखेर हामीजस्ता सबै पाठकहरू सामु पुगाउने कार्य गर्नु भएकोमा ।

    – गोर्खेसाइँलो,
    गजल कुटेरी, नारायणागढ,चितवन, नेपाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *