Skip to content

बिक्षिप्त नगरी ईलाम

  • by


प्रकृतिकी रानीलाई दैवले छल्यो किन ?
सुन्दर त्यो आक्रिती,ध्वस्त भई जल्यो किन ?

हाहाकार नै मच्च्यो होला,धुँवाले नभ ढाक्दा
त्यती मनोरम शहर,दन्दनी बल्यो किन ?

प्रकृतिलाई हँसाई,आफु पनि हाँसेथ्यो
रुखो हावा त्यहि क्षण,सरर चल्यो किन ?

उच्च शीर फैलाई,पहाडको शान राखेथ्यो
त्यहि शीर कस्तोगरी,आज फेरि ढल्यो किन ?

हँसाइ सबैलाई स्वागत गर्दै बाँच्ने शहर
हाँस्ने अधरमा नै,कालो रंग दल्यो किन ?

(बिक्षिप्त नगरी ईलाम प्रति गजलरुपी शब्दहरु समर्पण फेरि एकपटक )

Leave a Reply

Your email address will not be published. Required fields are marked *