Skip to content

स्वार्थी रैछौ माया

  • by


स्वार्थी रैछौ माया तिमी भेट्मा मात्र बोल्ने
मनको कुरा आफ्नो ठानी कहिल्यै नखोल्ने ……..

म त तिम्रो भरमा परी सबै कुरा भन्थें
मिलन कहिले होला भनी दिनहरू गन्थें ……..

पापी रैछौ मायाँ तिमी सधैं चोट दिने
आफ्नो कुरा लुकाएर अरुको चाहिं लिने …………

म त तिमी मेरै भनी सबलाई भूली दिन्थें
आफ्नो पीर लुकाएर तिम्रो दु:ख लिन्थें ………

स्वार्थी रैछौ माँया …………………

(रचना २०५९ साल नेपाल )

Leave a Reply

Your email address will not be published. Required fields are marked *