अशान्तिको, बीज रोपी, शान्ति खोज्दै, लड्यौं किन ?
बाटोभरि, इर्ष्या रोपी, हामी अघि , बड्यौँ किन ?
आफैंलाई, बैरी मानी, आजसम्म, बाँचिरह्यौँ
आफ्नै मुटु, छेँडेर नै, शूल बनी, गड्यौँ किन ?
हिमाल नै, शान हाम्रो, भन्ने कुरा, कहाँ गयो ?
बैमनष्य , पालेर पो, शत्रु बनी, ठड्यौँ किन ?
शान्ति हाम्रो, देशलाई, आवश्यक, हुनुपर्छ
अशान्ति र, अन्यायमा, हामी सबै अड्यौँ किन ?
अनमोल, बस्तु बिर्सी, हामी अन्धो, बनिरह्यौं
बनावटी, मोती टिपी, आँखाभरि, जड्यौँ किन ?
(रचना -अप्रिल २७ /२०१० )
(देशकै गुनासोमा समर्पित गजल )