Skip to content

चूडा निर्भीक

माटाको महिमा

माटो जीवन हो यथार्थ पनि हो यो मृत्यु र जन्मको ।
माटो अन्न र सास दिन्छ नि सदा माटो त सर्वस्व हो ।।
माटो हो कविता कथा सकलको माटो मिठा मुक्तक ।
माटो काव्य बनेर फुट्छ कविको खुल्दैछ रे चिन्तन ।।

निर्भीक हुनुपर्छ

ठाडै उकालो चढ्दैछ व्यक्ति पथिक हुनुपर्छ ।
पाठक् आकर्षित् गर्न रचना सटिक हुनुपर्छ ।।

अलिकती आफ्नै मान्छे भनेर ठूलो स्वर गरें ।
रिसाईछन् पत्नि उन्को रीस क्षणिक हुनुपर्छ ।।

प्राप्ति

रमेशले गरिबको कोखमा जन्म लियो । गिट्टी कुट्थे उस्का बाबुआमा । छोरालाई निशुल्क पढ्न पाउनेसम्मको शिक्षा दिए पनि आर्थिक समस्याले धेरै पढाउन सकेनन् ।

पढाई छाडेपछि ऊ बाबुआमाकै काम सघाउन थाल्यो त्रिशुली किनारमा गिट्टी फोडेर । नजिकै थिई ऊजस्तै रमा, बगरमा एकले अर्काको अनुहार पढ्दै गिट्टीको चाङ नाप्थे कसले धेरै फुटाउने भनी । अनि साँझ पर्दै गएपछि माया पलाउँदै जान्थ्यो र आ–आफ्नु झुप्रामा वास हुन पुग्थ्यो ।

गणतन्त्र विशेष

भोगी कष्ट असाध्य मानिस बसे ती काल रात्री भर ।
आङै हुन्छ जिरिङ्ग सम्झिन गए ऎले नि लाग्छन् डर ।।
ताना—शाह छँदै थियो र जनता पिल्सेर बस्थे कुना ।
वोल्दा सज्जनले विरुद्ध उसको लाग्थे त्यहाँ लान्छना ।।१।।

राणा शासन थ्यो कठोर अति नै लागेर फाले जन ।
गैगो शासन त्यो समाप्त तर खै बन्दै बनेनन् झन ।।
राजाले बलले छिनेर करमा सत्ता लिए स्वार्थले ।
त्यै पन्चायत लादियो सकसमा मान्छे परे व्यर्थले ।।२।।

सालीको छोरो

रामबहादुरले भतिज सुरजीतलाई बाटोमा हिँड्दै गर्दा उनको घरतर्फ बोलाए । बुढाले खुईय्य सुस्केरा हाल्दै भने यो वीर बहादुर तेरै भाइ हो बाबु । अब तेरो भाइलाई तैंले नै लिएर जा तेरो घर । मैले वाइस वर्षको लाठे बनाएर पढाईमा पनि स्नातक बनाइदिएको छु । तिमीहरू तीन भाइ र एक वहिनी सुखपूर्वक रहनु । म जीवनबाट सन्यास लिएर भारततिर लाग्छु र उसको जिम्मेवारीबाट स्वतन्त्र हुन चाहन्छु ।

भूकम्पको सम्झना

आएथ्यो ठूलो भूकम्प यहाँ वहत्तर् सालमा ।
मानिस भागी छाडेर घर पुगेथे पालमा ।।
हल्लायो उस्ले दिएर झड्का उधुम के गरी ।
आउँथ्यो उही ती कम्प फेरी हल्लिन्थ्यो बेसरी ।।१।।

मानिस भन्थे संसार अब भासिन्छ यसैले ।
डराई बोल्थे नेपाल खाल्डो पुरिन्छ कसैले ।।
धर्हरा पल्ट्यो मन्दिर भत्क्यो सबको सत्यानास् ।
कसैका घर ढलेर भत्के नौ हज्जार् मान्छे नास् ।।२।।

नयाँ वर्षको सुस्वागत

हल्लाएर जमीन कम्प नबनोस् नौलो नयाँ वर्षमा ।
साना प्रान्त अझै नहोस् न टुकुरा नेपाल होस् हर्षमा ।।
मान्छेका मनमा विचार गतिला उर्लेर आओस् खुबै ।
खाका धेर बनून् विकास पथका आक्रोस भागोस् सवै ।।१।।

हामी मित्र बनौं पहाड मुलका छाडेर फोस्रा पन ।
हाम्रै राष्ट्रमहाँ मधेश छ भनी मान्ने गरौं सज्जन ।।
हाम्रा दाजु र भाइ पहाडतिर छन् सोचौं मधेशी सव ।
नाका वन्द गरेर हुन्न नि भलो भन्ने विचारौं अव ।।२।।

मर्दा ऊ रित्तै गयो

मेरो भन्दछ मूर्खले सब यहाँ भैदिन्छ उस्को कहाँ ।
भन्ने आफ्नु तिनै मरेपछि सबै छाडी गएथे यहाँ ।।
कोही लान्न उ साथमा बरूयतै छाडिन्छ फोस्रा धन ।
प्यारो अंग यही जान्न सङमा पोलिन्छ सोही तन ।।

लिन्थे राज्य जितेर लोक भरिका मर्दा त रित्तै भए ।
मेरो हुन्छ भाग्य मिल्छ गतिलो भन्ने ती छाडी गए ।
होला काम दिनेछ सम्पति भनौं लाग्दैन क्यै कामको ।
वोलिन्थे पहिले पुकारि जनले खै काम त्यो नामको ।।

माल्यार्पण (शहिद दिवस विशेष)

भन्थ्यौ बन्नुछ देश वनाउँ पहिले बन्नेछ यो सुन्दर ।
आँखा नीच ति दुष्टका परिगए सत्ता भयो दुच्छर ।।
तिन्का प्रष्ट विचारमा खुव थियो यो देशको तस्विर ।
नेपाली जन हो सबै उठ न हो आव्हान गर्थे नर ।।१।।

ज्यादै उच्च विचारका जन थियौ छाडेर गयौ कता ।
राम्रो सोच थियो गयो विलिन भो तारा सरी एउटा ।।
मान्छेका मनमै हुने ति दुखका नारा उचाल्थ्यौ यहाँ ।
पाक्ने घाउमहाँ बनेर मलमै लाग्थ्यौ म खोजौं कहाँ ।।२।।

म देशको सुवास ली, रमेर खेल्न रोज्दछु
म विश्वकै सुचीमहाँ, समान बन्न खोज्दछु
म दिन्न दुष्ट हातमा, असाध्य शान हेर्दछु
म चित्र हैन राज्यको, पुरा मुहार फेर्दछु ।।

दोधारमा परेको छु

लातमार्दा जिन्दगीले अन्त वसाई सरेको छु
रमाइलो डाँडो छाडीसम्म तराई झरेको छु

जन्मे धेर लालावाला पेट पाल्न गाह्रो भो
ठेला उठाई हात गोडा मेलापात गरेको छु

खोजौं कहाँ ती दिन

खेल्थ्यौं साथ महाँ मिलेर वहुतै सर्वांग नांगो भई
खोलिन्थे जिउमा हुने ति कपडा खोला किनार्मा गई
हुन्थेनन् नि कुरा ति लाज घिनका सुर्ता थियो खेल्नकै
खोजौं आज कहाँ खुशी समय त्यो चिन्ता छ यो झेल्नकै ।।

मोजामा वटुली पुरानु कपडा बन्थ्यो उफार्ने बल
हुन्थ्यो धेर थकान त्यै चउरमा वस्थ्यौं छहारी तल
हुन्थे वात गरेछ विश्व रचना कस्ले भनी छल्फल
भन्थ्यौं खास नतिजा मिलेर सबले हो दैवको यो छल ।।

छैन पैसा विहाल

बुवासँग छोरा बसी जाँड पार्टी चलायो
उखालेर खावाँहरू वास आफ्नै जलायो ।।

बनेकी छ छोरी मुमासँग पार्लर् छिचोल्ने
हुँदा भेट गुण्डो सितै चट्ट माया पलायो ।।

साना भाइबैनी हो

साना भाइबैनी हो लेख्ने पढ्ने गर है
हटाएर अन्धकार ज्योतिपुन्ज छर है
लोभ लालच इर्ष्याले डुबाउँछ डर है
देश विकास गर्नुछ तिमी अघि सर है ।।

तिम्रा साना कामले धरती नै चम्किन्छ
नेपाल यो उठेर विकासतर्फ लम्किन्छ
तिमीजस्तै ससाना बुद्ध अनि सीता थे
आज तिन्का महिमा गाउँछ सारा विश्वले ।।

साना उसै डराउँछन्

देशप्रेमी भए मान्छे देश आफ्नो सराउँछन्
देशद्रोही हुने दुष्ट दुष्मन् बन्दै कराउँछन् ।।

चढ्छ सत्ता भने ढोंगी काम थोरै कुरा अति
देशभक्त रूँदै बस्छन् सप्ना बाँडी चराउँछन् ।।

गरून् मिलाप नेपाली

मेरै राज्य महाँ हुन्छन् देश वन्द गराउने
आगोमा जिउँदै हाली साथी आफ्नै जलाउने
विकासका कुरा कोही गर्दैनन् यो बनाउने
राजनीति छ उस्तै नै सत्ता चढ्ने ढलाउने ।।

आमाको महिमा

राखी गर्भमहाँ धरेर महिना नौ सम्म सन्तानको
आफै कष्ट सहेर तिनले दिन्छिन् अरे जन्म यो
जन्मै हुन्छ जहाँ सताउँछ झनै रोएर कष्टै दिंदो
माया बालकमा गरेर ममता झल्काउँछिन् चाहिँदो ।।

कैले गर्छ दिसा पिसाव छिनमै फोहोर ती सोर्दछिन्
कैले च्याप्दछ ता विमारहरुले काखैमहाँ धर्दछिन्
धारा अमृतको सरी छ दुधको मुन्टो चुसाई तक
प्यारो काखमहाँ दिएर तकिया पाल्छिन् अरे वालक ।।

दीप यो राज्यमा बालियोस्

रोशनी, बल्दछन् ,चाड यो उत्तम ।
मान्दछन् ,हिन्दुले, यो सदा मंगल ।।
लक्ष्मि भो, दाहिना, के अरू चाहियो ।
मूर्खमा, मानिने , जो प्रथा थालियो ।।

फूलको, वासमा, रंगियो मानिस ।
लठ्ठ भै, तालमा, देखियो त्यो खुश ।।
तासको, खालमा, कोहिको चाहना ।
पीङमा, रम्दिने, प्रेमिका वाहना ।।

कस्तो लेख्नु भनि सोधेर को लेख्दछ

किन्दैथ्यो जसले त नागरिकता पैसा खन्याई हिजो ।
थाल्यो बाल्न मशाल उसले सत्ता ममा चाहियो ।।
कैल्ये बाल्दछ जीर्ण टायर हरू इट्टा उ वर्साउँछ ।
नेपाली म हुँ भन्छ मूर्ख तर यै नेपाल तर्साउँछ ।१।।

आमाकै खुन खान पल्कि सुतले चोक्टा जसै चुस्दछ ।
छाती प्वाल गरी धसेर मुखले फोक्सो मुटू लुछ्दछ ।।
जस्ले स्वागत गर्छ दुष्ट उसमै सुम्पन्छ आमाकन ।
त्यस्ता देशमहाँ कपूत हरू भो के हुन्छ माटो भन ।।२।।