बुवासँग छोरा बसी जाँड पार्टी चलायो
उखालेर खावाँहरू वास आफ्नै जलायो ।।
बनेकी छ छोरी मुमासँग पार्लर् छिचोल्ने
हुँदा भेट गुण्डो सितै चट्ट माया पलायो ।।
नभै अन्नदाना बसे भोक खपी उपासी
कहाँ हुन्छ खाना सरी रक्सी जीऊ गलायो ।।
नजानेर वाल्यौ घरै नष्ट भैगो खरानी
दुखी जिन्दगीले पछारेर भाला चलायो ।।
धनै हुन्छ ठूलो जहाँ छैन पैसा विहाल
हुनेले उही नोट रोपेर पैसा फलायो ।।
उँचो नीच धेरै हुने रैछ हाम्रो समाज
कसैका भए खात जस्तै कसैमा छलायो ।।
१२२ १२२ १२२ १२२ १२२
य गण × ५ जम्मा १५ अक्षर
