लातमार्दा जिन्दगीले अन्त वसाई सरेको छु
रमाइलो डाँडो छाडीसम्म तराई झरेको छु
जन्मे धेर लालावाला पेट पाल्न गाह्रो भो
ठेला उठाई हात गोडा मेलापात गरेको छु
खानुछैन मिठोचोखो धान्छु खाली प्राणमात्र
साथीभाइ सम्पन्न छन् कंगालीमा दरेको छु
बाँच्नै पर्ने जसोतसो जिन्दगीको रीत रैछ
बाँच्न खोज्दा झण्डैझण्डै धेरैपल्ट मरेको छु
दुखपछि सुख आउँछ भन्थे गाऊँ घरकाले
सुख छैन दुखमात्र बोकी काँध धरेको छु
जीवनकै विश्रामको दिन आउँछ कैले भनी
यमराजका दर्वारमा निवेदन भरेको छु
आइज काल लैजा भैगो यहाँ अब बाँच्नुछैन
सपनामा नै हिजो राती वैतरिणी तरेको छु
निर्भिक मान्थें आफैलाई कायरमा दरिएँ म
मर्नु ठिक हो कि बाँच्नु दोधारमा परेको छु
चूडा निर्भिक
