ठाडै उकालो चढ्दैछ व्यक्ति पथिक हुनुपर्छ ।
पाठक् आकर्षित् गर्न रचना सटिक हुनुपर्छ ।।
अलिकती आफ्नै मान्छे भनेर ठूलो स्वर गरें ।
रिसाईछन् पत्नि उन्को रीस क्षणिक हुनुपर्छ ।।
बाटोमा हिँड्दैथिएँ एक दिन छिमेकी जुद्धैथिए ।
निहुँ खोजी झगडा गर्न ईर्ष्या अधिक हुनुपर्छ ।।
हातमा ठेला उठेको खुट्टा छियाछिया भएको ।
मानिस देख्यौ कि सम्झिनु उ श्रमिक हुनुपर्छ ।।
हामी मिलेर बसेकै छौं आपसमा वर्षौं देखी ।
साथीभाई र मित्रसंग मिल्न आफै ठिक हुनुपर्छ ।।
दविएर बस्नै मान्दैनन् आजकलका छोरा छोरी ।
भन्छन् कसैसंग नडराएर वाँच्न निर्भिक हुनुपर्छ ।।
