Skip to content

चूडा निर्भीक

सुन्नु छैन देशको बदनाम (छन्द कविता)

साथी गर्छु म कामना हर घडी, नेपाल नौलो हुने,
नेतानै यसका महान हुन जो, त्यै प्रभु पाऊ छुने ।
यौटा क्वै वबुरो पराइ घरको, आयो ति जम्मा भई,
चाप्लूसी तिनकै गरेर उपमा, बन्ने त कम्जोर् रही ।।१।।

पैला देश निसासियो वचन त्यो, बोल्नै नपाई धक,
मान्छेको अधिकार् सबै कुपितभै, खोस्थे जहाँ शासक ।
बारम्बार भयो संघर्ष अनि पो, क्रान्तीहरु थालिए,
धोकाभो भनि ती मसाल करमा बोकेर नै बालिए ।।२।।

भोटको करामत (लघुकथा)

चुनाव आयो । भोट खसे । नेताजीले चुनाव जितेर सभासद भए । संसदबाट उनी एकदुई पटक मन्त्री बने । उनको आर्थिक हैसियत ऊकासियो । देश दोश्रो गरीव राष्ट्रबाट उनकै पालामा संसारको एक नम्वर गरीव देश बन्यो । नेपाल आमाको रगत र पसिना उनले अरुहरूले जस्तै तन्तनी पिए ।

फेरि चुनाव आयो । सबैले उनलाई अब गाउँ र आफ्नो क्षेत्रमा टेक्न नदिने भनी प्रण गरे । नेताहरूप्रति सबैको नकारात्मक भावना थियो । तर उनले यसपटक पनि आफ्नै क्षेत्रबाट चुनाव लड्ने निर्णय लिए ।

सम्मान

ऊ एउटा होनहार कवि थियो । कम पढेलेखेको भएतापनि तापनि उसका कविताहरू वजनदार थिए । सिगरेटको खोल कागजका फ्याकिएका टुक्रा वा एकातर्फ लेखी अर्कोतर्फ खालिरहेका पेजहरू उसका कृति कोर्ने माध्यम बन्थे । कविता छपाउनु उसको शौख र सामर्थ्यभन्दा धेरै टाढा थियो । उसलाई कसैकसैले लक्ष्मीप्रसादको नयाँ अवतारका रुपमा पनि हेर्थे । तर ऊसँग न त काठमाण्डौमा घर र शिक्षामन्त्रीको तुजुक रहने कल्पना नै गर्न सकिन्थ्यो । उसका कविता चोरेर धेरैले पुरस्कार टप्काए, साहित्यकार र मुर्धन्य कविका उपमा लिए अँझ कतिले त उसका कविता संकलन गरेर सो को बिक्रीबाट महलहरू ठड्याए ।

दशैंको शुभकामना

माटो छैन हिलो न वादल उठी, पानी परेका दिन,
चर्कोघाम नभै न ठण्डि सहने, जाडो बढेका छिन ।
मान्छेले कविता सुनाइ घरमा, जो मालश्रीका धुन,
आहा मौसम यो शरद-को, मानिन्छ राम्रो जुन ।

फूल्यो फूल जताततै अनि धरा, जम्मै रमायो पुरा,
हिँड्छन् रे युवती लगाइ शिरमा, ती पुष्पका आँकुरा ।
नाच्दै गाइ रमाइ पीङ हरुमा, जम्मा भएको हुल,
माफी मागि अगाडि देखिन पुगे, पैले गरेका भुल ।

एउटा मृत्यु

उनी औधी भलाद्मी देखिन्थे । वरपरका मानिसहरू पनि यिनलाई खुवै ईज्जतदार मान्दथे उनका नातेदार र साथीहरू उनलाई एउटा निष्ठावान व्यक्तिका रुपमा लिन्थे ।

आशुतोष जुन पार्टीमा समावेश थिए उनको हैसियत राम्रो र उनका कुराहरू पार्टीमा धेरैले मन पराऊँथे । उनको गला र साहित्य पनि मीठो र गर्विलो थियो । उनका अगाडि मानिसहरू आफूलाई निरिह र कमजोर ठान्थे । समग्रमा भन्नुपर्दा उनको व्यक्तित्व आकर्षक र रवाफपूर्ण थियो । मिजास मिलनसार र सबैका आँखाका नानी थिए उनी ।

नारी उत्थान गर्ने हो नारी सबै मिलेर

वर्षौंदेखि उठाएको समानताको सवाल
पुरुषलाई दोष दिंदै कति गरौं ववाल ।

पुरुषको वोलवाला महिला पछि पर्नुमा
हामीले ठान्यौं उपयुक्त गाली गर्नुमा ।

देश दुख्नुहुन्न

मेरो प्यारो जन्मभूमि, मेरो प्राणभूमि,
जन्माएर खुशी हुन सिकाउने मेरो कर्मभूमि ।
हिऊँबाट वग्ने खोलानाला, तराईका गरा,
हिमालका डाँफेमुनाल, मैदान हराभरा ।

कहाँ गै फेरौं सास

गरिबको छोरो कसरी पढ्छ आइए र बीए पास
धनीलाई मात्र रहेछ चैन अरुको छैन आस

नेपाली हामी सढेछौं ज्यादा नराम्रा सोचले
गाऊँ र घर विग्रियो आज खेलेर जुवातास

अन्तरजातीय बिहे

  • by

कलेज गएको पहिलो दिन रजनी एक नवयुवकलाई सिंढी चढ्दै गरेको देखेर मोहित भै । पछि कुरा गर्दा थाह भो ऊ त व्याच्लर्सको दोश्रो वर्षको विद्यार्थी रहेछ । सुन्दर अनुहार भएको पहाडबाट झरेको त्यो पुरुष उसको मनमा डेरा जमाएर बस्यो ।

रजनीको प्रस्तावमा उनीहरू कहिले गोदावरी त कहिले दक्षिणकाली गएर रमाईलो गर्न थाले ।

आज हाकिम फेरियो

  • by

आज फेरि उसको हाकिम फेरियो । पुरानो हाकिम हुँदा उसले प्रशस्त फाईदा लुट्यो । कहिले साथीहरूको कुरा लगायो । कहिले फाईल लुकाएर कार्यालयका कार्यक्रमहरू फर्जी रुपमै सम्पन्न गरायो ।

यस कार्यको लागि हाकिमको पुरा समर्थन प्राप्त गरेकै हो उसले । हाकिमकै पछि लागेर सबैतिर जान्थ्यो । कार्यालयको काम बाहेक घरमा पनि उसको आवत जावत चल्दथ्यो ।

भानु यो देशका गौरव

  • by

भानू-भक्त भनी महान कविको, श्रद्धा यहाँ गर्दछु,
यी साहित्य-सपूत जानि उनकै, कोव्यैमहाँ रम्दछु ।
घाँसीका सुनिवात नाम् भुवनमा, राख्नै त इच्छा गरी
लेखे धेरथरी ति छन्द कविता, बाँचे ल पृथ्वी भरी ।।१।।

मान्छे पण्डितकै सुनेर ति कथा, भज्थे यहाँ रामको
नेपाली रचना, नपाइ पढनै, गर्थे कुरा – धामको ।
त्यो रामायण जो थियो उ रचना, हो वाल्मिकीको पुरा
उल्था त्यै गरि ग्रन्थको सरल पो, भाषा बनायौ छुरा ।।२।।

भो गुलियो नदेखाऊ

  • by

आज, विश्व चन्द्र विजय पछि,
मंगलमा वस्ती बसाल्ने योजनामा छ ।
विकासका उच्चतम विन्दु पहिल्याएर,
विकसित राज्य सम्पन्नता भोगिरहेछ ।
विज्ञानका सूत्रबाट वम, वारुद र गोला,
मानव विनासका लागि तयार पार्दैछ र
भन्दैछ मेरो अधिनमा विश्व हुनुपर्छ ।

हाम्रो देश संधै विश्व सामु चम्कोस

  • by

हाम्रो देश संधै विश्व सामु चम्कोस
गरीवीमा हैन अब विकासमा लम्कोस ।
जन्म मेरो भएको छ सगरमाथा तल
जहाँ बग्छ संग्लो पानी गरी कलकल ।

मान्छेहरू जाँगरीला परिश्रमी हुनु
के को श्रापले पर्‌यो हाम्लाई आज रुनु
पर्यटकको आईरो लाग्ने स्वर्गजस्तो भूमि
भेटिदैन यस्तो हेर संसार घुमिघुमि ।

यात्रा थालौं प्रगतिको

  • by

आऊ साथी अब सब मिली, देश माथी उठाऊँ,
लाग्यो जो ग्रहण जगतमा, शान्त बन्दै छुटाऊँ ।
हामी जागे सकल जनता, फेर्छ यस्ले मुहार,
आमा नेपाल-कन सबले, पुष्पको लाउँ हार ।।

हामी जस्तै हुन-भुवनका, अन्य लागे अगाडी,
खाली वाँध्यौ कर-अनि गयो, देश हाम्रो पछाडी ।
भोलीसम्मन् पनि चुपबसे, होला की देश नष्ट,
खोजौला फेरि भन कसरी खै, न सोचौँ अनिष्ट ।।

आँखाभित्र गाजलु ती

  • by

आँखाभित्र गाजलु ती, ओठ लाली रैछ,
वास्ना चल्ने फूल रोप्ने, बोट माली रैछ ।

उन्को मुहार जुनजस्तो, खुल्दै टल्किएको,
मन चन्चल पार्ने उन्को, खोट गाली रैछ ।

परिवर्तन (लघुकथा)

  • by

बाजे हरिदास, अत्यन्त धार्मिक थिए । कमिला कुल्चिएकोमा उनी पछुताएर एकाउन्न वर्षमा नै थलिएर मरे । उनका छोरा भक्तदास, उदार स्वभावका थिए । उनी बावुको जीवनकालसम्म शाकाहारी भएपनि विरामी परेको वेलामा स्वास्थ्यका लागि भनेर आफन्त र छिमेकीका करले माछामासु खाने भएर निस्किए । उनी पहिलाका शाकाहारी र पछिल्लो समयमा सन्तुलित भोजन सेवनबाट दीर्घजीवन प्राप्त उनी गत वर्ष ८७ वर्षमा कुनै रोग नलागेपनि एक दिनको व्यथाबाट परलोक गमन गरे ।

एक भोट उसैलाई

  • by

शुरुमा उसले औकातले नभ्याएर
खुट्टामा चप्पल लाउनै जानेन ।

छरछर्ती फुटेर खुट्टा रगत बगाउँदै
नाँगै गोडामा उसले साहूको भारी बोकेकै हो ।

जनयुद्ध कि धनयुद्ध उसले खुट्याउन नसकेपनि
जीवनको आहुति देशको लागि दिन भनेर स्टारजुत्ता भिर्दै
छापामार लडाईं लड्न कस्सियो ऊ कमरेडहरूसँग ।

स्वास्थ्य उपदेश

  • by

अशुद्धै खाना त्यो, अनि दुषित पानी न पिउनु,
नलाऊँ मैला त्यो, वरु ठिक लुगा, जीर्ण सिउनु ।
नखाऊ नौला ती, छन जहरिला, औधि त मिठो,
छ खानै उव्जेको, घरतिर जो, मिल्दछ पिठो ।।

जवानीमै रोगी, बनिकन बुढो, बाँच्नु कसरी,
यसैले बाँचौ लौ, असल तन यै, हुन्छ जसरी ।
ति वासी खानाले, तन धन दुवै, चीज वहने,
सफा खाऊ लाऊ, शरिर मन त्यो, शुद्ध रहने ।।

सुहागरात (लघुकथा)

  • by

मनप्रसाद एकदम् प्रतिष्ठित परिवारका व्राम्हण थिए । उनको चन्चलाश्री देखेर अरु सबै डाह गर्थे । उनको एकमात्र छोरा मदनको विवाह गर्ने उमेर बिस्तारै घर्किदै थियो । पल्लो गाउँको महेश्वर मुखियाकी छोरी भर्खर २१ पुगेर २२ पुगेकी मुना नामजस्तै तामाकै मुना बराबर अत्यन्त सुन्दर थिइन् । उनी राम्रो आर्थिक हैसियत कायम गरेका सम्पन्न मानिस थिए । छोरो सानै भएकोले छोरीको विवाह गरिदिने ताकमै थिए, महेश्वर । राजनाथले मध्यस्थकर्ताको भूमिका खेले र दुवै परिवारको सम्पन्नतापूर्ण प्रदर्शनले सामर्थ्यभन्दा बढी खर्च गरी विवाह सम्पन्न भो ।