चूडा निर्भीक
सुन्नु छैन देशको बदनाम (छन्द कविता)
साथी गर्छु म कामना हर घडी, नेपाल नौलो हुने,
नेतानै यसका महान हुन जो, त्यै प्रभु पाऊ छुने ।
यौटा क्वै वबुरो पराइ घरको, आयो ति जम्मा भई,
चाप्लूसी तिनकै गरेर उपमा, बन्ने त कम्जोर् रही ।।१।।
पैला देश निसासियो वचन त्यो, बोल्नै नपाई धक,
मान्छेको अधिकार् सबै कुपितभै, खोस्थे जहाँ शासक ।
बारम्बार भयो संघर्ष अनि पो, क्रान्तीहरु थालिए,
धोकाभो भनि ती मसाल करमा बोकेर नै बालिए ।।२।।
भोटको करामत (लघुकथा)
चुनाव आयो । भोट खसे । नेताजीले चुनाव जितेर सभासद भए । संसदबाट उनी एकदुई पटक मन्त्री बने । उनको आर्थिक हैसियत ऊकासियो । देश दोश्रो गरीव राष्ट्रबाट उनकै पालामा संसारको एक नम्वर गरीव देश बन्यो । नेपाल आमाको रगत र पसिना उनले अरुहरूले जस्तै तन्तनी पिए ।
फेरि चुनाव आयो । सबैले उनलाई अब गाउँ र आफ्नो क्षेत्रमा टेक्न नदिने भनी प्रण गरे । नेताहरूप्रति सबैको नकारात्मक भावना थियो । तर उनले यसपटक पनि आफ्नै क्षेत्रबाट चुनाव लड्ने निर्णय लिए ।
सम्मान
ऊ एउटा होनहार कवि थियो । कम पढेलेखेको भएतापनि तापनि उसका कविताहरू वजनदार थिए । सिगरेटको खोल कागजका फ्याकिएका टुक्रा वा एकातर्फ लेखी अर्कोतर्फ खालिरहेका पेजहरू उसका कृति कोर्ने माध्यम बन्थे । कविता छपाउनु उसको शौख र सामर्थ्यभन्दा धेरै टाढा थियो । उसलाई कसैकसैले लक्ष्मीप्रसादको नयाँ अवतारका रुपमा पनि हेर्थे । तर ऊसँग न त काठमाण्डौमा घर र शिक्षामन्त्रीको तुजुक रहने कल्पना नै गर्न सकिन्थ्यो । उसका कविता चोरेर धेरैले पुरस्कार टप्काए, साहित्यकार र मुर्धन्य कविका उपमा लिए अँझ कतिले त उसका कविता संकलन गरेर सो को बिक्रीबाट महलहरू ठड्याए ।
दशैंको शुभकामना
माटो छैन हिलो न वादल उठी, पानी परेका दिन,
चर्कोघाम नभै न ठण्डि सहने, जाडो बढेका छिन ।
मान्छेले कविता सुनाइ घरमा, जो मालश्रीका धुन,
आहा मौसम यो शरद-को, मानिन्छ राम्रो जुन ।
फूल्यो फूल जताततै अनि धरा, जम्मै रमायो पुरा,
हिँड्छन् रे युवती लगाइ शिरमा, ती पुष्पका आँकुरा ।
नाच्दै गाइ रमाइ पीङ हरुमा, जम्मा भएको हुल,
माफी मागि अगाडि देखिन पुगे, पैले गरेका भुल ।
एउटा मृत्यु
उनी औधी भलाद्मी देखिन्थे । वरपरका मानिसहरू पनि यिनलाई खुवै ईज्जतदार मान्दथे उनका नातेदार र साथीहरू उनलाई एउटा निष्ठावान व्यक्तिका रुपमा लिन्थे ।
आशुतोष जुन पार्टीमा समावेश थिए उनको हैसियत राम्रो र उनका कुराहरू पार्टीमा धेरैले मन पराऊँथे । उनको गला र साहित्य पनि मीठो र गर्विलो थियो । उनका अगाडि मानिसहरू आफूलाई निरिह र कमजोर ठान्थे । समग्रमा भन्नुपर्दा उनको व्यक्तित्व आकर्षक र रवाफपूर्ण थियो । मिजास मिलनसार र सबैका आँखाका नानी थिए उनी ।
आज हाकिम फेरियो
आज फेरि उसको हाकिम फेरियो । पुरानो हाकिम हुँदा उसले प्रशस्त फाईदा लुट्यो । कहिले साथीहरूको कुरा लगायो । कहिले फाईल लुकाएर कार्यालयका कार्यक्रमहरू फर्जी रुपमै सम्पन्न गरायो ।
यस कार्यको लागि हाकिमको पुरा समर्थन प्राप्त गरेकै हो उसले । हाकिमकै पछि लागेर सबैतिर जान्थ्यो । कार्यालयको काम बाहेक घरमा पनि उसको आवत जावत चल्दथ्यो ।
भानु यो देशका गौरव
भानू-भक्त भनी महान कविको, श्रद्धा यहाँ गर्दछु,
यी साहित्य-सपूत जानि उनकै, कोव्यैमहाँ रम्दछु ।
घाँसीका सुनिवात नाम् भुवनमा, राख्नै त इच्छा गरी
लेखे धेरथरी ति छन्द कविता, बाँचे ल पृथ्वी भरी ।।१।।
मान्छे पण्डितकै सुनेर ति कथा, भज्थे यहाँ रामको
नेपाली रचना, नपाइ पढनै, गर्थे कुरा – धामको ।
त्यो रामायण जो थियो उ रचना, हो वाल्मिकीको पुरा
उल्था त्यै गरि ग्रन्थको सरल पो, भाषा बनायौ छुरा ।।२।।
यात्रा थालौं प्रगतिको
आऊ साथी अब सब मिली, देश माथी उठाऊँ,
लाग्यो जो ग्रहण जगतमा, शान्त बन्दै छुटाऊँ ।
हामी जागे सकल जनता, फेर्छ यस्ले मुहार,
आमा नेपाल-कन सबले, पुष्पको लाउँ हार ।।
हामी जस्तै हुन-भुवनका, अन्य लागे अगाडी,
खाली वाँध्यौ कर-अनि गयो, देश हाम्रो पछाडी ।
भोलीसम्मन् पनि चुपबसे, होला की देश नष्ट,
खोजौला फेरि भन कसरी खै, न सोचौँ अनिष्ट ।।
परिवर्तन (लघुकथा)
बाजे हरिदास, अत्यन्त धार्मिक थिए । कमिला कुल्चिएकोमा उनी पछुताएर एकाउन्न वर्षमा नै थलिएर मरे । उनका छोरा भक्तदास, उदार स्वभावका थिए । उनी बावुको जीवनकालसम्म शाकाहारी भएपनि विरामी परेको वेलामा स्वास्थ्यका लागि भनेर आफन्त र छिमेकीका करले माछामासु खाने भएर निस्किए । उनी पहिलाका शाकाहारी र पछिल्लो समयमा सन्तुलित भोजन सेवनबाट दीर्घजीवन प्राप्त उनी गत वर्ष ८७ वर्षमा कुनै रोग नलागेपनि एक दिनको व्यथाबाट परलोक गमन गरे ।
स्वास्थ्य उपदेश
अशुद्धै खाना त्यो, अनि दुषित पानी न पिउनु,
नलाऊँ मैला त्यो, वरु ठिक लुगा, जीर्ण सिउनु ।
नखाऊ नौला ती, छन जहरिला, औधि त मिठो,
छ खानै उव्जेको, घरतिर जो, मिल्दछ पिठो ।।
जवानीमै रोगी, बनिकन बुढो, बाँच्नु कसरी,
यसैले बाँचौ लौ, असल तन यै, हुन्छ जसरी ।
ति वासी खानाले, तन धन दुवै, चीज वहने,
सफा खाऊ लाऊ, शरिर मन त्यो, शुद्ध रहने ।।
सुहागरात (लघुकथा)
मनप्रसाद एकदम् प्रतिष्ठित परिवारका व्राम्हण थिए । उनको चन्चलाश्री देखेर अरु सबै डाह गर्थे । उनको एकमात्र छोरा मदनको विवाह गर्ने उमेर बिस्तारै घर्किदै थियो । पल्लो गाउँको महेश्वर मुखियाकी छोरी भर्खर २१ पुगेर २२ पुगेकी मुना नामजस्तै तामाकै मुना बराबर अत्यन्त सुन्दर थिइन् । उनी राम्रो आर्थिक हैसियत कायम गरेका सम्पन्न मानिस थिए । छोरो सानै भएकोले छोरीको विवाह गरिदिने ताकमै थिए, महेश्वर । राजनाथले मध्यस्थकर्ताको भूमिका खेले र दुवै परिवारको सम्पन्नतापूर्ण प्रदर्शनले सामर्थ्यभन्दा बढी खर्च गरी विवाह सम्पन्न भो ।
