माल्यार्पण (शहिद दिवस विशेष)


भन्थ्यौ बन्नुछ देश वनाउँ पहिले बन्नेछ यो सुन्दर ।
आँखा नीच ति दुष्टका परिगए सत्ता भयो दुच्छर ।।
तिन्का प्रष्ट विचारमा खुव थियो यो देशको तस्विर ।
नेपाली जन हो सबै उठ न हो आव्हान गर्थे नर ।।१।।

ज्यादै उच्च विचारका जन थियौ छाडेर गयौ कता ।
राम्रो सोच थियो गयो विलिन भो तारा सरी एउटा ।।
मान्छेका मनमै हुने ति दुखका नारा उचाल्थ्यौ यहाँ ।
पाक्ने घाउमहाँ बनेर मलमै लाग्थ्यौ म खोजौं कहाँ ।।२।।

देख्थ्यौ नित्य लिएर भव्य सपना नेपाल राम्रो हुने ।
राख्थ्यौ बात बनाउने मुलुक यो सन्सारले देखिने ।।
नारा एक थियो धनी मुलुकको अर्को नभै कामना ।
लड्थ्यौ त्यो मनमा नली रहरका मैला र कू भावना ।।३।।

खट्ने रात विरातमा र दिनमा यो देशका खाँतिर ।
मारेछन् किन रे समाति बलले धिक्कार भो आखिर ।।
फाल्यौ खास अमूल्य जीवन त्यो हाँसी मजाले गयौ ।
तन्नेरी वयमै गयौ अमर भै मान्यौं शहिद् पो भयौ ।।४।।

तिम्रा जीवनको लिनैछ बदला लोभी र पापी सित ।
फर्की आउ छिटो यसै धरतिमा नौला चलाऊ रित ।।
पीडा भोग्दछ राष्ट्रले दिनदिनै पाक्ने पिलो कै सरि ।
विन्ती हे यमराज लौ सुनिदिनुस् फिर्ता उनैको गरि ।।५।।

तिम्रा ती पदचाप चुम्न म सकूँ डाकेर नौला पल ।
आस्थाको हिमाल हौ मनुजका सम्मान सम्मान छ ।।
हाम्रो देश रूँदैछ अझै सकसमा फर्केर आऊ यहाँ ।।
के देख्थ्यौ सपना भएन किन हो आई वताऊ यहाँ ।।६।।

वाँकी हुन्छ अझै कि बन्न शहिदै चल्दैछ आन्दोलन ।
राम्रो वन्छ कि देश आश तुहियो विग्रन्छ खस्दै झन ।।
ठान्यौं रक्त लिएर बन्छ गतिलो मोती फुले झैं कण ।
हाम्रा वीर सपूत !! ल्यौ रगतका दिन्र्छौं नि माल्यार्पण ।।७।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *