देशप्रेमी भए मान्छे देश आफ्नो सराउँछन्
देशद्रोही हुने दुष्ट दुष्मन् बन्दै कराउँछन् ।।
चढ्छ सत्ता भने ढोंगी काम थोरै कुरा अति
देशभक्त रूँदै बस्छन् सप्ना बाँडी चराउँछन् ।।
शहीदको कुरा सुन्ने कोही छैनन् सपूत रे
जन्मभूमि धुजा बन्छ राष्ट्रप्रेम हराउँछन् ।।
यो राजनीतिको मैला धोए पनि कहाँ कम
बलियाको हुने चैन साना उसै डराउँछन् ।।
लोकतन्त्र सबै भन्थे राम्रोहुन्छ विकासमा
खोक्रा के काम नाराले जुनतारा झराउँछन् ।।
(छन्दमा गजल)
