चंकी श्रेष्ठ ‘अभय’
केही पढ्नैपर्ने आख्यान
पढेकामध्ये बिर्सी नसक्नु किताब थुप्रै हुन्छन् तर आत्मीयता अनुभव हुने निकै कम । म्याक्सिम गोर्कीका उपन्यास ‘आमा’, ‘बाल्यकाल’, ‘जीवनको मार्गमा’, ‘मेरा विश्वविद्यालयहरू’, मिखाइल सोलोखोबको ‘मान्छेको भाग्य र दोनका कथाहरू’, गुस्ताब फ्लुबर्टको ‘म्यादम बोभारी’, गाबि्रयल गार्सिया मार्खेजको ‘क्रोनिकल अफ अ डेथ फोरटोल्ड’, मिलान कुन्देराको ‘जोक’, नाथानियल हाथोर्नको ‘स्कारलेट लेटर’, मिलारोद पाभिचको ‘ल्यान्डस्केप पेन्टेड विथ टी’, मोपासाँ, चेखब, गोविन्द गोठाले, उदयप्रकाश, मनु ब्राजाकीका कथाहरू अविस्मरणीय लाग्छन् ।
निमित्त
अँध्यारो सडकमा एउटा मानिस हिँडिरहेको थियो । एउटी किशोरीलाई कारले ठक्कर दियो । किशोरी जुरुक्क उठी र सहयोगका लागि रुँदै ऊतिर गई । कारले किशोरीलाई फेरि जोडले ठक्कर दियो र टाप कस्यो । अगाडि हिँडिरहेको मानिस पूरै दृश्यको साक्षी थियो । उसले झोलाबाट क्यामेरा झिक्यो र सटासट १०/१२ सट फोटो खिच्यो, कागजमा केही टिप्यो र हिँड्यो ।
नाममा के छ!
प्रिय पाठक, यो एउटा आत्मनामा हो जसका लागि सुरुमै माफी माग्छु। आत्मगत लेखनको सार्थकता तब हुन्छ जब त्यसले सार्वजनिक अर्थ राख्छ। माफ गर्नुस्, मेरो आत्मनामा नेपाली सञ्चार माध्यमलाई ढपक्क छोपिरहेका वृद्धोन्मुख शरीरका दिमागी बालकविरुद्ध पनि हो।
म आफ्नो नामबारे बताउन चाहन्थेँ। अलमलिएँ।
सेक्सपियरले कतै लेखेका छन्– नाममा त्यस्तो के छ? साँच्चै, मेरो नाममा त्यस्तो के थियो?
निर्वाण
विगत पाँच वर्षदेखि म त्यो केटीको खोजीमा थिएँ । मेरी पूर्व प्रेमिका…॥ । नढाँटी भन्छु म त्यसको हत्या गर्न चाहन्थेँँ ।
मेरो जीवन त्यस्तो विलखबन्द यात्रा थियो जसको वरिपरि केवल भीर थियो र प्रतिगमनको म जन्मजात शत्रु थिएँ । म बारम्बार एउटै कुराले उत्पीडित थिएँ र त्यो मेरो जन्मसँगै अभिन्नरुपमा टाँसिएर आएको जातीय पीडा थियो । गरिवी त त्यसको अभिन्न अंग छँदै थियो । त्यसले मानौ व्यक्तित्व नै धारण गरेर मसँग दुश्मनी गरिरहेको थियॊ । प्रेममा विश्वासमा यात्रामा मनोविज्ञानमा र जीवनका हरेक पाइलामा चुनौती दिइरहेको थियो र मलाई पराजित पनि गरिरहेको थियो ।
