Skip to content


खाली छन् है प्रगतिका पाना यता गाउँतिर
चुहेका छन् हिजोजस्तै छाना यता गाउँतिर

बगेका छन् यति धेरै पसिना र रगत तर
सुनिदैन जिन्दगीको गाना यता गाउँतिर

देखे पनि नदेखे झैं सधैं सधैं मौन बस्दा
भएछौं कि हामी सबै काना यता गाउँतिर

पौरखी छन् हातहरू, तर कुनै मूल्य छैन
मान्छेहरू सबै-सबै साना यता गाउँतिर

मिच्नेले त यता पनि मिचेकै छन् कानूनलाई
तिमी हामी जस्तालाई ठाना यता गाउँतिर

‘प्रतिनिधि नेपाली गजलहरू’ पृ ७२

4 thoughts on “खाली छन् है प्रगतिका पाना यता गाउँतिर”

  1. dekhe pani nadekhe jhai..
    well…its too gud..to read it again..out of d nation.
    i had heard it read in fms in chitwan.!

Leave a Reply

Your email address will not be published. Required fields are marked *