Skip to content

अपनाउ भने बाधा लाग्छ,छोडाउ पाप लाग्छ

“गजल”
स्थाई अन्तर मिलाएर,गीत लेखाउँ कि सानु
अजम्बरी हामीदुइको,प्रीत लेखाउँ कि सानु /
““““““““““““““““““““““
अपनाउ भने बाधा लाग्छ,छोडाउ पाप लाग्छ
हेर्दा सुन्दर बिलाई जाने,शीत लेखाउँ कि सानु
“““““““““““““““““““““““
तिमी मेरो म तिम्रो,भन्न नपाउने कस्तो हो यो?
अन्धो समाजले चाला,कू’रीत लेखाउँ कि सानु
““““““““““““““““““““““““
लुकी चोरी लायौं माया,मिठो प्यार पायौं हामीले
यसमै खुशी मन गरि,जीत लेखाउँ कि सानु
“““““““““““““““`
स्थाई अन्तर मिलाएर,गीत लेखाउँ कि सानु
अजम्बरी हामीदुइको,प्रीत लेखाउँ कि सानु /
“““““““““““““““““`
राजेश रुम्बा लामा “अर्तिप्त”
०५-०९-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *