“गीत”
टाढा-टाढा अझै टाढा,जाँदा हुन्छ सानु
सम्झना नि चाहिन्न भो,लाँदा हुन्छ सानु
————————————
सम्झनामा तडपिएर बाँच्नु छैन अब
मैले मात्रै दिप्स्वपना,साँच्नु छैन अब
तिम्री जिबन बने वाचा,खाँदा हुन्छ सानु
सम्झना नि चाहिन्न भो,लाँदा हुन्छ सानु
————————————–
मेरो पनि चाहना हो,तिम्रो जिबन फलोस
जिन्दगीको डुङ्ग त्यो,बिना बाधा चालोस
भूल मलाई जे चाहन्छौ,चा’हँदा हुन्छ सानु
सम्झना नि चाहिन्न भो,लाँदा हुन्छ सानु
———————————–
टाढा-टाढा अझै टाढा,जाँदा हुन्छ सानु
सम्झना नि चाहिन्न भो,लाँदा हुन्छ सानु
————————–
राजेश रुम्बा लामा “अतृप्त”
०७-०९-२०११
