Skip to content

हरेक प्रहार खप्ने गर्थें रुन्थें बरु एक्लै बसी

“गीत”
जुनी भरि घायल पार्ने मलाई रोग दिलाएर
किन जान खोज्छौ सानु मलाई जहर पिलाएर
—————————————–
तिम्रो ओठमा मुस्कान ल्याउन सयौं खोली तरेथें
आफ्नै डाली लत्याएर सुक्या पात झैं झरेथें
मूल्यहिन धुलोसरी नालीसंग मिलाएर
किन जान खोज्छौ सानु मलाई जहर पिलाएर
———————————–
हरेक प्रहार खप्ने गर्थें रुन्थें बरु एक्लै बसी
तिम्रो अभाव महशुस हुदाँ बढ्थें अघि मनलाई कसी
हाम्रो माया अ मर हुन्छ जान्न भन्थ्यौ बिलाएर
किन जान खोज्छौ सानु मलाई जहर पिलाएर
——————————————
जुनी भरि घायल पार्ने मलाई रोग दिलाएर
किन जान खोज्छौ सानु मलाई जहर पिलाएर
——->राजेश रुम्बा लामा “अतृप्त”
१४-०९-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *