“गीत”
धेरै हुन्छन बैंसा छान्दा,हामीलाई नजर लाउने
समालेर बस्नु पर्छ,हुन्छन जाने आउने
“““““““““““““““““““““
कुनै बेला देख्यो भने,भमराको साथमा
टुट्यो माया नसम्झिनु,सानु-तिनु बातमा
तिमी नै हौ सिर्फ मेरो,रुने,हाँस्ने,गाउने
समालेर बस्नु पर्छ,हुन्छन जाने आउने
““““““““““““““““““““`
कति हुन्छन मुख मिठाउदै,घुम्ने दायाँ-बायाँ
अट्नु पर्छ विश्वासमा,त्यहि हो स्वच्छ माया
तिमि नै हौ मेरो घाम-जून,जिबन भरि छाउने
समालेर बस्नु पर्छ,हुन्छन जाने आउने
““““““““““““““““““““`
धेरै हुन्छन बैंस छान्दा,हामीलाई नजर लाउने
समालेर बस्नु पर्छ,हुन्छन जाने आउने
———राजेश रुम्बा लामा “अतृप्त”
३१-०८-२०११
