धर्ती छाडी आकाशमा फुल्ने रहरमा फसेँ म
नहेरी घाँटी निलें हड्डी, बैरी शहरमा फसेँ म
बेचेर सिम् खेत् झिल्के र पुन्टे कमाउन जाने भा
देखा र सिखी गर्नाले आज जहरमा फसेँ म
ठानेको थिएँ मुग्लानी शहर हिराको खानी हो
देखिं हालें आज सबै आफ्नै ठहरमा फसेँ म
गाह्रो भो धेरै निसासिएँ म फर्किऊँ ऋणै ऋण
बाँचौ कि मरौं भो यो कस्तो नहरमा फसेँ म
सुनाउँ भने मनको व्यथा सुन्दिने छैन कोही
पोखौँ भन्दा गजलमा सबै बहरमा फसेँ म
राजेश रुम्बा लामा “अतृप्त”
१६-०९-२०११