Skip to content

शब्दहीन भाछु आज,कुन शब्दले लेखाऊ गीत

“गीत”
ऋण-गुण दिलाई छाड्यो,निष्ठुरीकै भयो जित
शब्दहीन भाछु आज,कुन शब्दले लेखाऊ गीत
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
सामिप्यमा हुँदा उनि,लेख्थें,गाउथें,रमाउथें
पोख्न खोज्दा खुशीको प्याला,छाती भित्र जमाउथें
मुटु दुख्ने व्यथा थियो,त्यहि व्यथालाई भयो हित
शब्दहीन भाछु आज,कुन शब्दले लेखाऊ गीत
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
प्यासी मनको घैलो थापें,सगर सम्झी उनीलाई
हाँसी-हाँसी जहर पिलायो,सयौं सयौं जुनीलाई
नियतिले ठगे पछी,जिबन भयो सुक्ने सित
शब्दहीन भाछु आज,कुन शब्दले लेखाऊ गीत
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
ऋण-गुण दिलाई छाड्यो,निष्ठुरीकै भयो जित
शब्दहीन भाछु आज,कुन शब्दले लेखाऊ गीत /
———–राजेश रुम्बा लामा “अतृप्त”
२६-०९-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *