गीत-
धेरै गयो तिज,दसैं,पुगेछैन माइत गाउँ
मुग्लान छाडी आउनु स्वामी,संगै माइत जाउँ
अरु जान्छन कुम जोडेर.देख्दा सारै मन दुख्छ
टोलाएर हेर्ने गर्छु,अतित तिर मन पुग्छ
चाहिन्न भो बिदेशीधन,आउनु बरु पिठोइ खाउँ
मुग्लान छाडी आउनु स्वामी,संगै माइत जाउँ
अतितका पलहरु,आँखै सामु छाइदिन्छ
झास्किंदा एक्लै हुन्छु,व्यर्थै यो मन रोइदिन्छ्न
नखोजौं भो सुकिला जे छ बरु त्यस्तै लाउँ
मुग्लान छाडी आउनु स्वामी,संगै माइत जाउँ
धेरै गयो तिज,दसैं,पुगेछैन माइत गाउँ
मुग्लान छाडी आउनु स्वामी,संगै माइत जाउँ
-:राजेश रुम्बा लामा “अतृप्त”
