हाम्रा लागि त्यो घर अपरिचित थिएन । हामी त्यो घरमा जान थालेको धेरै भइसकेको थियो । त्यो घरको चहलपहल बाहिरबाटै देखिन्थ्यो । त्यो घर–परिवारमा सबैको सक्रियता र व्यस्ततालाई घरभित्र र बाहिरको चहलपहलले पनि बताउँथ्यो ।
डेढ दशकदेखि साहित्यिक यात्रामा अनवरत हिँडिरहेका कवि हुन्, दीपेन्द्रसिंह थापा । नेपाली साहित्यकोशमा जीर्ण पर्खाल (०६४) कविताकृति सुम्पिसकेका उनले ६६ थान कविताको संग्रह ल्याएका छन्, सहयात्री शब्दहरू ।
असोजमा त्रिशूली नदीमा दिनभर र्याफटिङपछि साँझ कुरिनटारपारि बगरमा क्याम्प फायर गर्दै रमाइरहँदा अनायासै एउटा उटपट्याङ विचार मनमा आएको थियो, त्यस नदीको सिरानमा पुग्ने ।
‘सुनरी त मर्नै लागेकी छ रे !’ गाउँभरि हल्ला फैलियो । हिजै म सुनरीलाई हेर्न गएकी थिएँ, दुब्लाएर ख्याउटी सुनरी, आँखा फुस्रा, ओठमुख कलेटी परेका, कपालभरि टाटैटाटा, हत्केलामा फोकैफोका, नीलो दबाईको झोल कटकटिएर हातमै सुकेको थियो ।