Skip to content

नेपाल साप्ताहिक

आँखाको भाषा

हाम्रा लागि त्यो घर अपरिचित थिएन । हामी त्यो घरमा जान थालेको धेरै भइसकेको थियो । त्यो घरको चहलपहल बाहिरबाटै देखिन्थ्यो । त्यो घर–परिवारमा सबैको सक्रियता र व्यस्ततालाई घरभित्र र बाहिरको चहलपहलले पनि बताउँथ्यो ।

द्वन्द्वमा दाम्पत्य

दर्जनौँ कथाको रचना र तिनीहरूको शृंखलाबद्ध संयोजन हुने भएकाले होला, उपन्यास लेखनलाई साहित्य लेखनको सबैभन्दा कठिन विधा मानिन्छ ।

जीवन एक सपना

अर्काको घरमा भाँडा माझेर पढेको एउटा किशोर साँच्चै डाक्टर होला र बेरोकटोक पाँच दशक गाउँमा बसेर बिरामीलाई सेवा दिने प्रतिज्ञा पूरा गर्ला ?

हिमालपारि पाँच दिन

हिमालपारिका जिल्ला भनेर हाजिरीजवाफमा सानैदेखि पढिएको हो तर हिमालपारिको ठाउँ कस्तो हुन्छ भन्ने मेरो मनलेपछिसम्म पनि आत्मसात गर्न सकेको थिएन ।

शालीन साधनाःसहयात्री शब्दहरू

डेढ दशकदेखि साहित्यिक यात्रामा अनवरत हिँडिरहेका कवि हुन्, दीपेन्द्रसिंह थापा । नेपाली साहित्यकोशमा जीर्ण पर्खाल (०६४) कविताकृति सुम्पिसकेका उनले ६६ थान कविताको संग्रह ल्याएका छन्, सहयात्री शब्दहरू ।

कालीगण्डकी वारि

पोखराबाट हवाईजहाजमा २० मिनेटको यात्रापछि बिहानै जोमसोम विमानस्थल उत्रिँदा मोहनी लगाउने वातावरण र खुलेका हिमालहरूले मन प्रफुल्ल बनायो ।

रेड पान्डा ट्रेलमा घोडचढी

असोजमा त्रिशूली नदीमा दिनभर र्‍याफटिङपछि साँझ कुरिनटारपारि बगरमा क्याम्प फायर गर्दै रमाइरहँदा अनायासै एउटा उटपट्याङ विचार मनमा आएको थियो, त्यस नदीको सिरानमा पुग्ने ।

ओझेल अनुहार

लेखक भटाभट बढ्दै । पाठक धमाधम हराउँदै । नेपाली साहित्यको हाल । पाठबाट पाठक टाढिनुमा ठूलो ताल त लेखककै देख्छन् भविलाल ।

सुनरीको पञ्चैती

‘सुनरी त मर्नै लागेकी छ रे !’ गाउँभरि हल्ला फैलियो । हिजै म सुनरीलाई हेर्न गएकी थिएँ, दुब्लाएर ख्याउटी सुनरी, आँखा फुस्रा, ओठमुख कलेटी परेका, कपालभरि टाटैटाटा, हत्केलामा फोकैफोका, नीलो दबाईको झोल कटकटिएर हातमै सुकेको थियो ।

धेरै माछाहरू

जाजरकोटको रिम्ना पुगेपछि गाडी लैजान मिलेन । सानी भेरी नदीको झोलुंगे पुल तरेर हिँड्न थाल्यौँ सानो ब्याकप्याक बोकेर । खोतारे पुगेपछि जीप पाइयो ।

मासुबिनाका मान्छे

भित्ताको स्तक्रिनमा म हेरिरहेको थिएँ । फेरि एउटा सपनाले आकार लिइरहेको दृश्य नांगो आँखाले म चौथोपल्ट हेरिरहेको थिएँ ।

बिजुली

बिजुलीदेवी घरबाट निस्किन् । घरको पछाडिरहेको पम्प चलाएर लोटामा पानी भरिन् । दाहिने हातले लोटा र बायाँ हातले घुम्टीको फेर समातेर सडकको किनारै किनारा उत्तरतिर लागिन् ।