Skip to content

नेपाल साप्ताहिक

परिणति

आफ्नै आँखाअगाडि थुप्रिएको भग्नावशेष देखेर पनि दिलमायालाई विश्वास लागिरहेको थिएन, अब यहाँ घर होइन, केवल तिनका भग्नावशेष मात्र छन् भनेर।

योगमाया सम्झिएर ‘पानी, योगमाया र इन्द्रेनी’

प्राज्ञ कवि श्रवण मुकारुङसँग २०६० सालमा संयुक्त रूपमा युवा वर्ष मोती पुरस्कार लिएका लालगोपाल सुवेदी आफ्नो पुस्ताका सशक्त हस्ताक्षर हुन् ।

सुसाइड नोट

हो, प्रत्येक पल मृत्युजस्तै छन् र मारेर फर्किरहन्छन् स्मृतिमा तिम्रा यादहरूले । त्यसैले एकैपल्ट मर्ने नै निर्णय गरेँ र मरेँ फेरि नब्यूँतिने गरी !

नेतापत्नी

  • by

एक नेताकी अलि खरो, अन्याय सहन नसक्ने कडा स्वभावकी पत्नी थिइन्। उनलाई नेताहरूले बेमतलबको फाल्तु कुरामा बहस गरी धन र समय खेर फालेको पटक्कै मन परेको थिएन । पुर्खाले कति दुःखकष्ट सही रोपिदिएका बिरुवालाई सबै मिली मलजल हाली हराभरा बनाउनुको साटो जरै उखेल्ने कुरामा सहमति जनाउँदै निमिट्यान्न पार्न खोज्दै छन् भन्ने उनलाई लाग्छ। नयाँ नयाँ विकासबारे अझ जनतालाई शान्ति सुरक्षा र राहत दिनेबारे जोरदार बहस र छलफल भयो भन्ने उनले कहिल्यै कहीँ सुन्न पाइनन्। खालि उही पुराना संरचना भत्काउने र जनतामा त्रास फैलाउँदै, आपसमा मनोमालिन्य र विद्रोहका कुरा मात्र गर्दै हिँडेको देख्छिन्।

हार्ड खाने कि सफ्ट ?

“ए केटा हो, हार्ड खाने कि सफ्ट? खाओ, खाओ आज जसलाई जे मन लाग्छ खाओ। मलाई दुःखका बेलामा साथ दिने तिमीहरू दुई जना त हौ नि! आज विजयको क्षण हो, म अति खुसी छु। ढलुन्जेल खाओ, तिर्ने म छँदै छु नि!”

महाकाव्यमा कर्णकथा

महाभारतको कथाका बारेमा हामी सबै जानकार छौँ। पाण्डव र कौरवबीच बाँडिएको यो युद्धकथामा धेरै उपकथा जोडिएका छन्।

सौतिनी बाटो

सौतिनी आमा, सौतिनी बाबु, सौतिनी पेच, सौतिनी डाहा, सौतिनी माम्लो सर्वत्र सुनिएको हो। चिरपरिचित शब्द सुनेकै अनि बुझेकै पनि हो। तर, सौतिनी बाटो- सुन्दा पनि अचम्म? नयाँ शब्दैजस्तो, नयाँ कौतूहल नै सलबलाएजस्तो।