Skip to content

मधुपर्क २०६६ असार

उपहार

अहँ मैले आफूलाईभन्दा बढी माया गर्ने मान्छेले मागेको उपहार दिन सकिनँ उसको जन्मदिनमा !

खै ! कहिलेबाट लुकाएछु आफ्नो हृदयमा सौरभलाई आफैँलाई पनि पत्तो नहुने गरी ।

त्यो नर्सिङ क्याम्पसको होस्टेलको वातावरण बिल्कुलै फरक थियो । १८-२० उमेरका ५०-६० जना केटी साथीहरूको समूहमा बस्न पाउँदाको मजा नै बेग्लै हुन्थ्यो । स्वभाव भिन्नभिन्न भएका त्यतिका साथीहरू एउटै परिवार झैं बस्दा त्यस्तै फरक अनुभव पनि त हुँदोरहेछ नि । ती साथीहरूको सानिध्यमा पनि म आफूलाई चाहिँ अलि भिन्न बनाउने स्वभावको थिएँ ।

अस्तित्व

  • by

अन्ततः हामी छुट्टयिौँ । छुट्टनिु थियो, कि थिएन ? छुट्टिने गरी हामी एक भएका नै थियौँ कि थिएनौँ अथवा हाम्रो मिसावटमा अब छुट्याउन सक्ने किसिमको के छ र ? हामी दुवैले पहिलो स्पर्शमा एकअर्कालाई छोएका थियौँ । हामीमा अपार सामीप्य थियो नै र त्यागसमेत थियो ।

लोभ

  • by

नदीको छेउबाट भँगालो आएको थियो । ऊ भँगालो तरेर नदी र भँगालोको बीचमा बसेर सोचिरहेको थियो- ‘नदीमा बाढी आयो भने म कता भाग्ने ? नदीको कति मीठो सुसेली! ईश्वरले अहिले मलाई पखेटा हालिदिए नदीपारि पुगेर फेरि यतै र्फकन्थेँ ।’

बन्धक

  • by

एयरपोर्ट बाहिर विदेशिने तरखर गरिरहेका युवाहरूको ताँती छ । कोही निन्याउरो अनुहार लगाइरहेका, कोही खुसीले चहकिरहेका, कोही सशङ्कित, कोही भयभित, कसैका आमाबाबुको आँखाबाट आँसुको धारा बगिरहेको, कसैका श्रीमती अँध्यारो मुख पारेर बसेकी, यस्तैयस्तै दृश्य देखिन्छ यहाँ । “छोट्वा कागजपत्रको ख्याल गरेस्, विदेशमा एउटा सानो कागज छुट्यो भने पनि खुब दुःख पाइन्छ” म छोट्वालाई बारम्बार एउटै कुरा सम्झाइरहन्छु । “दलालीले धोखा नदिए हुन्थ्यो । कागजपत्र सबै उसैको जिम्मा लगाइयो, अब के हुने हो ? उता गएर पनि भने जस्तो हुने हो कि नाइँ ।” विमानस्थल नजिकै पुगेपछि छोट्वा झन्झन् आत्तिदैछ ।

ओ पत्रकारज्यू !

सुन्नु भएन, घरबेटी बा कराई रा’ को । उठ्नुस् न भन्या । (श्रीमतीले झक्झकाइन्) ।

ओ पत्रकारज्यू पत्रकारज्यू ।

घरबेटी न्वारनदेखिको बल निकालेर चिच्याइराखेको छ । घडी हेर्छु, बिहानको पाँच बज्नै लागेको छ । म तौलिया मात्रै बेरेर ढोकाबाट चियाउँछु र हाई काढ्दै भन्छु- के भो घरबेटी बा ?

अधैर्य

पोखरीको किनारामा चार/पाँच वर्षे बालक बाबुसँगै बसेर माछालाई चारो छर्दै गरेको बालशुलभ क्रियाकलापको दृश्यले मेरो मनलाई तानिरहेको थियो । माछाले चारो टिप्दाको मनमोहक दृश्यप्रति ऊ बडो आनन्दित देखिन्थ्यो । पोखरीमा साना, ठूला, राता, सेता, जुङ्गे, झिङ्गे आदि माछाहरू चारो टिप्नमा यताउता सलबलाइरहेका थिए ।

उल्टो कोट

  • by

सिगरेटको अन्तिम सर्को तानेर निखि्रसकेको ठुटोलाई छेउकै खाली भुइँमा फ्याँकिसकेपछि पुरानो फाटिसकेको जुत्ताले किचेर निभाउँदै लामो सास तानेर काकाले भने “मेरो पुरानो प्रतिज्ञालाई पुनःर्जीवित पार्दै आजैदेखि फेरि मैले आफ्नो कोट उल्टो लगाउने निधो गरेँ ।”

मिथिलाञ्चलको पहिलो उपन्यास ‘दीना, भद्री र सलहेश’

  • by

साझा प्रकाशनको सूचीपत्रमा ‘दीना, भद्री र सलहेश’ नामक एउटा पुस्तकको नाम पढ्दा उत्सुकता जाग्नु अस्वाभाविक थिएन । जनकपुर शाखामा खोजबिन गरियो, पाइएन । त्यति बेलासम्म यो पनि बुझ्न सकिएको थिएन कि त्यो पुस्तक कुन विधामा लेखिएको हो ।

वासु शशीका नाटक

  • by

वासु शशी (वि.सं. १९९३-२०४९, जय बागेश्वरी, काठमाडौँ) बहुमुखी प्रतिभासम्पन्न विशिष्ट स्रष्टा हुन् । उनी कवि, गीतकार, उपन्यासका अनुवादक र नाटककारका रूपमा देखिएका छन् । नेपाल भाषा र नेपाली भाषा दुवैमा रचनात्मक योगदान दिने शशीले पद्मोदय हाई स्कुलमा ८-९ कक्षामा पढ्दै गर्दा वि.सं. २००७-००८ देखि कविता लेख्न थालेका हुन् भने त्यतिखेरैदेखि नाटक पनि लेख्न थालेका छन् । उनले कविता नेपालीबाट र नाटक नेपाल भाषाबाट लेख्न थालेको थाहा पाइन्छ ।

शङ्कर नेत्रालय! जहाँ हामी जानुपर्‍यो

  • by

चिकित्सकको सल्लाहअनुसार दिदी सरस्वतीको आंँखाको अपरेसनको लागि भारतको पूर्व मद्रास चेन्नाईस्थित शङ्कर नेत्रालय हस्पिटल पुग्नुपर्ने भयो । तुरुन्तै दिदीलाई लिएर भान्जा राजु, मेरी श्रीमती शारदा र म चेन्नाईको लागि प्लेनबाट बङ्गलोर उड्यौँ । ‘आंँखाको अपरेसन नेपालमा नै हुन्छ किन यति टाढासम्म दुःख पाउन आउनुभयो’ भनी यात्रामा सोध्ने अनगिन्ती भेटिए । यी प्रश्न हामीसामु तेर्सिनु स्वभाविकै पनि थियो ।

गन्तव्य

  • by

देशको विभिन्न क्षेत्रमा पत्रकारहरूको न्यूनतम पारिश्रमिकको व्यवस्थाबारे छलफल गर्न चार टोली बन्यो । जानुपर्ने फागुनमै थियो । कहिले कसको, कहिले कसको नमिलेपछि टोली सदस्यहरू र भ्रमण तालिका पनि परिवर्तन हुँदैगयो । मध्यपश्चिमको जिम्मा मेरो भागमा पर्‍यो । जे होस्, जुर्‍यो चैत २६ गते, २०६५, बुधबारको दिन । बुधबार यसकारण पर्‍यो कि काठमाडौँ-सुर्खेत उडान रहेछ नेपाल एअरलाइन्सको हप्ताको एकपटक अर्थात् बुधबार ।

तारिणीप्रसाद कोइरालाका क्रान्ति-कथाहरू

  • by

परिचय तथा प्रवृत्ति- वि.सं. १९७९ वैशाख १८ गते एक होनहार पुत्रको जन्म नेपालमा भयो, ती व्यक्तित्व हुन्- तारिणीप्रसाद कोइराला । उनी आधुनिक नेपाली कथाका क्षेत्रमा विजय मल्ल र भवानी भिक्षुको हाराहारीमा देखिएका मनोवैज्ञानिक कथाकारका रूपमा परिचित छन् । वी.पी. कोइरालाले कथाका क्षेत्रमा सर्वप्रथम भित्र्याएको मनोविज्ञानलाई विजय र भिक्षुले मात्र अनुकरण गरेनन् यसका अनुशीलनकर्ता तारिणीप्रसाद पनि भए । वी.पी. बाटै प्राप्त यौनवादलाई भिक्षुले उच्छृङ््खल बनाउन चाहेनन् भने तारिणीले चाहिँ आफ्नै दाजुको बिंडो थामेर यस धारालाई स्पष्ट वा छर्लङ्गै पार्ने जमर्को गरेको पाइन्छ- उनका कृतिहरूका अध्यात्मबाट ।

मेरो रेडियो

  • by

धेरै दिनसम्म म ढुक्क थिएँ- मेरो रेडियो हरायो । त्यति मूल्यवान्, सान्दार, अत्याधुनिक र मेरो गौरवको साक्षी त्यो रेडियो हराउनु मेरो लागि पक्कै पनि सुखद कुरा थिएन तर हराएपछि कसको के लाग्छ र ? म शत प्रतिशत विश्वस्त भएँ- मैले अनाहकमा मेरो मुटुको एउटा टुक्रा गुमाएँ, मेरो सानको मूल्यवान् हीरा लुटाएँ, मेरो पुरस्कारको चिनो हराएँ । धेरै दिनसम्म म बेचैनीमा रहेँ र कतै पत्ता लागिहाल्छ कि भनेर मनमनै कामना पनि गरेँ ।

चितवनमा सम्मान र मकरस्नान

  • by

सम्बन्ध भन्ने कुरा पनि विचित्रकै हुँदोरहेछ । कतै कसैसँग बनाऊँ भन्दा पनि नबन्ने, कतै त्यत्तिकै पत्तै नपाई बन्ने । चितवनसँग पनि मेरो सम्बन्ध ख्यालख्यालमै निकै गाढा भइसकेछ । यो सम्बन्ध कुनै नातागोताको होइन, स्वार्थरहित ढङ्गले त्यत्तिकै बनेको मात्र साहित्यिक सम्बन्ध । मैले चितवनवासीबाट आजीवन नभुल्ने खालका थुप्रै माया र सम्मान पाएको छु । यसैले होला मैले एकल र सपरिवार अनेकपटक चितवनको यात्रा गरेको ।