Skip to content

मधुपर्क २०६६ असोज

नभेटिए जाती भन्दाभन्दै

  • by

नभेटिए जाती भन्दाभन्दै
कुनै सुदूर टापुमा र त्यसको एकान्तमा
तिमी भेटिएका छौ ।
उस्तै छौ तिमी
गुलाफी तिम्रो ओठ उस्तै छ
चाक्लो फराकिलो निधारमाथि
कालो गुलाफ जस्तो केशराशि उस्तै छ

सतिसाल

  • by

ठूलो वरको रूखको टुप्पोमा
काटिएको टाउको
आन्द्राभुँडी, कलेजो
र करङका लाप्सा
ट्वाक्ट्वाक् ठुङ्दै, स्वाद लिँदै
समयको बूढो गिद्ध
मुक्तियुद्धको पराजयको
साक्षी बसेको छ ।

घाम नभएको भए !

  • by

निःस्वार्थ मुस्कान बोकेर
आफूलाई समर्पित तुल्याउन जानेका
घाम नभएको भए
मान्छेले कोबाट के सिक्ने हुन्
भनूँ गाह्रो हुन्छ
नभनूँ आफैँलाई अप्ठ्यारो हुन्छ
म घाम उदाएको हेर्न रुचाइरहेँछु

सम्झना

  • by

सम्झना छ अझै ताजा
वालापनको खेलवाड
हाँस्दै खेल्दै मनाएको
रमाइलो चाडबाड ।
काफल टिप्न रूख चढ्थ्यौँ
गाई चराउन जाँदा हामी
ऐँसेलु टिप्दै खान्थ्यौँ
काँडेदार हाँगा तानी

हाम्रोलागि किन ?

  • by

अरूको निम्ति
मर्ने
र मार्ने
खोक्रो उद्देश्य बोकेको हाम्रो संस्कृति
हाम्रो परम्परा
र हाम्रो इतिहास
हाम्रोलागि किन ?
हाम्रोलागि
अर्थहीन छ यो हाम्रो अतितको गाथा

आदि

  • by

अँध्यारोमा वेदाङ्किनी उदाई
दियोको सलेदो छोटो- तेलको किमत महँगो छ ।
मैनवत्तीको शिखा पग्लन्छ निरन्तर
मुद्राको मोल कति नै र
मान्छेको भूगोल सस्तो सहरमा मान्छेको अँध्यारो मन

धर्म ध्वनि

  • by

धर्मको ध्वनि फैलियोस्
बुद्ध-वाणी गुञ्जियोस् !
विश्व नै ढकमक्क पारी
शान्ति फूल फुलिरहोस् !

एक नै सब हो सबै बुझ
एक हो है, एक हो
मर्म यो नै धर्म हो है
बुद्धको सद्धर्म हो !

मान्छे र समय

  • by

कुवाभित्र रमाइरहेको एउटा मान्छेले दौडदै आएर समयलाई भेटिँहालेछ । उनले स्याँस्याँ गर्दै भन्यो- “क्या तपाइर्ंको गति ? तर धन्य ! तपाईंलाई मैले भेटिहालेँ ।”

स्वामी १००८

  • by

गेरु वस्त्रधारी १००८ स्वामीको प्रवचन सुन्न धेरै मानिसहरूको भीड लागेको छ । ठूलो खुला मैदान पनि खचाखच छ । कोही १००८ स्वामीको दर्शन गर्न, कोही प्रवचन सुन्न, कोही भीड हेर्न, कोही भीडभित्र भीड हेर्न अनि को

उज्यालो खस्नुअघि

  • by

विगत तीन महिनादेखि ऊ यो खाटमा सुतेकी थिई । ऊ यो कोठामा एक्लै भएको झण्डै चार महिना भयो । यस घरमा भित्रिएको दिन ऊ र उसको लोग्नेले पहिलोपल्ट यही खाटमा सिरानी बाँडेका थिए, सपना साटेका थिए । उनीहरू झण्डै द

भोक

  • by

गाउँमा हाट लागेको छ । रङ्गीविरङ्गी कपडा, खेलौना कचेडी मुरै सबथोक चौरमा बिक्रीका लागि राखिएका छन् । रामजनम अम्बा बेच्न आएको छ । आज ऊसँग उसकी छोरी रीतबा पनि आएकी छे । हाट बिस्तारै बिस्तारै बाक्लिदै जान्

म पागल होइन डक्टर

  • by

“पेटिकोटमाथि साडी लाउ न हो मम । के पेटिकोट देखाको हो त्यसरी । लुगा लाउन पनि आउँदैन ।” रश्मीले भनी । दुई वर्ष सहरमा बसी बी. एड्.

अनिवार्य

  • by

कार्यालयका सबै कर्मचारीहरूलाई एउटा सूचना आयो । ‘अन्तर्राष्ट्रिय युवा वर्षको उपलक्ष्यमा एक दिनको तलब युवा वर्ष कार्यक्रमलाई चन्दास्वरूप प्रदान गर्नुपर्ने हुनाले सबै कर्मचारीहरूलाई जानकारीको लागि सूचित

त्रासद विपना

  • by

अक्षराले सुयशको अस्ट्रेलियास्थित अपार्टमेन्टमा लगेज बिसाउँदा रातले धर्तीलाई आफ्नो अँगालोमा बाँधिसकेको थियो । नौलो ठाउँ, नौलो परिवेश र वातावरणले अक्षराको मन मयूर प्वाँख फिजाएर नाच्न थाल्यो । उनी प्रफुल

घर-११

  • by

पत्र-पत्रिकामा निस्केका महत्त्वपूर्ण समाचार वा विचारलाई म कटिङ गरेर फाइलमा राख्छु । अनि कहिलेकाहीँ जब बोर लाग्छ- म ती कटिङहरूलाई पल्टाउँछु । एक किसिमले यो मेरो हबी नै हो । कुनै राम्रा कविता, गीत वा कथ

भीरको खोजी

  • by

जीवनलाई विसङ्गतिमयरूपमा साहित्यमा व्याख्या गर्ने परम्परा विश्वमै धेरै पुरानो हो । ठूलाठूला महाकाव्य र ग्रन्थहरू यसै मान्यतामा लेखिएको भेटिन्छन् । ग्रीक मिथक सिसिफसको कथा विसङ्गतिको प्रतीक हो जसको अत्य

होलेरीबाट ‘जनयुद्ध’ लाई नियाल्दा

  • by

‘होलेरी’ भन्ने अत्यन्त मीठो शब्द छ र कतै अङ्ग्रेजीको ‘होली’ शब्द तन्किएर नेपालीमा होलेरी भएको रहेछ कि भन्ने सम्झनाले यस शब्दको मिठासभित्र पवित्रताको पनि आभास आउँछ । यस्तो मीठो र पवित्र शब्द केही वर्ष

शुभकार्य गरिदिने शोभाभगवती

  • by

काठमाडौँको विष्णुमती नदीको पश्चिमतिर पवित्र शोभाभगवती मन्दिर रहेको छ । “ऊँ ह्रीं स्वाहा भगवत्यैय नमः” भन्ने स्तोत्रले सबै भक्तजनलाई स्वागत गर्ने यो शोभाभगवती मन्दिरमा श्रद्धालु भक्तजनहरूको प्रशस्त घुइ