Skip to content

कुवाभित्र रमाइरहेको एउटा मान्छेले दौडदै आएर समयलाई भेटिँहालेछ । उनले स्याँस्याँ गर्दै भन्यो- “क्या तपाइर्ंको गति ? तर धन्य ! तपाईंलाई मैले भेटिहालेँ ।”
समयले स्वाभाविक ढङ्गमा भनेछ- “भेट्नको लागि त्यत्रो महाभारत के थियो ? म त अविरल तपाईंसँगै थिएँ । तपाईंसँगै बहिरहेँ । तपाइँ जहाँ रोकिनुभयो म रोकिएँ र जहाँ गति पक्रनुभयो सँगै मैले पनि पक्रिएँ । “
मान्छेले अचम्मित हुँदै भन्यो- तर मलाई त्यसको कहिल्यै आभास भएन । म सधैँ तपाईंलाई पछयाउँदै रहेँ । त्यसैमा सङ्घर्षरत थिएँ । “
समयले हाँस्दै भन्यो- “म त तपाईंकै उत्पादन हुँ । म सधैँ तपाईंको पछाडि छु । तपाइर्ंको गतिअनुरूप छु । “
मान्छे आफ्नै जिद्दीमा रहृयो – “झुठ, म त तपाईंको हर्दम पछाडि छु । म तपाईंलाई पछ्याउँदैछु ।”
त्यसपछि ऊ समय पछाडि लाग्यो । समय चाहिँ उसको पछाडि । त्यो गोलाकार साँघुरो कुवाभित्र उनीहरू एकअर्काको पछाडि दौडिरहे । मान्छेले सधैँ सोचिरहृयो – ऊ प्रगति पथमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *