Skip to content

मधुपर्क २०६७ माघ

मुक्तकहरू

  • by

कसैको आड पाएमा कति मान्छेहरू मात्तिने गर्छन्
दुःख र सङ्कट पर्दा कति मान्छेहरू आत्तिने गर्छन्
अरूको खोट र दोष देखाउन पाएसम्म दंग पर्ने
आफ्नो गल्ती औँल्यायो भने कति मान्छेहरू तात्तिने गर्छन् ।

चराभित्रको संसार

  • by

चरा रहस्य जीवको चरा सशक्त जिन्दगी
चरा प्रभात लक्ष्यको चरा अनन्त माधुरी
मभित्र फुल्छ विश्वको अपार सभ्य भावना
मभित्र खुल्छ सृष्टिको हजार-लाख चाहना ।।

मधुपर्क मधुजस्तै

  • by

तप्तपी मधुका थोपा तप्तपाएर तप्तप
मधुपर्क तिमी बन्छौ चेतना ज्वारको तप ।
बीसौँ हजार यात्रीका मुटुका धुक्धुकी भयौ
सिर्जना प्यारकास्तम्भ तिमी अनन्त अग्लियौ ।।

मधुपर्क

  • by

चङ्गा चित्त बनाउने घिउसरि क्यास्वादिलो चम्चम
चाख्दास्वाद दिलाउने छ महझै आस्वाद झन् उत्तम
लाग्दा निल्न घुटुक्क शाब्दिक दही कस्तो मिठो कञ्चन !
नेपाली मधुपर्क मोहक बनी आनन्द पार्ने मन ।

छत्रभङ्ग

  • by

“यो आकस्मिक बैठकमा तपाईंहरूलाई स्वागत छ” मन्त्रीगणतर्फ दृष्टि लगाउँदै राजा त्रिलोचन पुनः भन्न थाल्दछन् ः-

“आजभन्दा पन्ध्रवर्ष अगाडिको तुलनागरी हेर्दा हाम्रो देश अहिले सबै क्षेत्रमा उत्साहजनक उत्कर्षमा पुगेको सर्वविदित छ । राज्यले हरेक नागरिकलाई योग्यता अनुसारको काम र श्रम बमोजिमको माम दिएर भोक, रोग र बेरोजगारीको चङ्गुलबाट छुटकारा दिलाएको छ । समग्रमा भन्नुपर्दा देश विकासमा हामीले एउटा ठूलै फड्को मारेका छौँ तापनि शतप्रतिशत सन्तोष लिने ठाउँ भने म देख्दिनँ ।”

सम्झौता

  • by

फुच्ची अहिले हामीसँग छैन । दस वर्ष भएछ उसले छोडेको । त्यतिका वर्ष छोरी भएर बसी । गाविसमा भरेको फाराममा बाबुआमाको नाम हाम्रै थियो । इटहरीको पाथीभरा बोर्डिङमा अभिभावकको नाम हाम्रै थियो । सबैले हाम्रै छोरी भन्थे । कान्छो छोरो जन्मेकै थिएन । जेठो र माहिलो ऊभन्दा ठूला थिए । त्यसैले ऊ त काखकी सन्तान थिई ।

दिग्भ्रम

  • by

ऊ आफ्नो निद्रा सुत्दैन । स्लिपिङ ट्याबलेटमा निद्रा किनेर सुत्दछ अनि अलार्मको आदेश बमोजिम ब्यूँझिन्छ । उसले आहार मात्र होइन, खाना रुच्ने औषधिको नाममा भोक किन्छ र पाचक खाएर खाना पचाउँछ । उसले पालिस लगाएको चामल, रासायनिक मल र कीटनाशक औषधिले हुर्केका तरकारी, हलक्क बढ्ने हर्मोनको सुई लगाएको कुखुरा, जुत्ता टल्काउने रसायनले टिलिक्क टल्काएको तथा रातारात ज्यानमारा रसायनले पकाएका फलफूल, रङमा घोलेको दाल, कारखानाको दूध आदि खान्छ र ‘डाइट’ खाएको भ्रममा पर्दछ ।

सुकुम्बासी

  • by

“यो पृथ्वी अबको केही हजार वर्षमा मान्छे बस्नलायक रहन्न, सबैलाई पालैपालो पृथ्वीभन्दा राम्रो अर्को ग्रहमा ओसार्ने काम सुरु भइसकेको छ । कुनै पनि क्षण तपाईंको पालो आउन सक्छ, आ-आफ्नो फाराम भरेर तयार रहनुस्…”

उचाइ

  • by

गाडीबाट ओर्ले रवीन्द्र । मोबाइल हातमै थियो । ‘गगल्स’ आँखामा, बेकरीक्याफे अगाडि नै पार्किङ गर्न नपाइएला भन्ने सोचाइमा थिए तर भर्खरैमात्र कसैले गाडी निकालेको थियो । रवीन्द्रलाई प्रायः यस्तै हुन्छ । कोही कसैले ठाउँ छोडिदिएका हुन्छन् र मौका परिहाल्छ । क्याफेमा पनि त कोही भर्खरै मात्र उठेको कुर्सीमा थचारिन पुगेका थिए रवीन्द्र ।

लाइफ इज ब्युटीफुल !

  • by

नत्र हामी, म र मेरी श्रीमती राधा अझै निकै बेरसम्म सुत्ने थियौँ । धेरै सुत्ने र कम खाने अभ्यासमा हामी लागेका छौँ । जागिरको तलबले पूरै महिना धान्न धौधौ मात्र होइन पुग्दै नपुग्ने भइरहन्छ । त्यसैले धेरै सुत र कम खाऊ, कम खर्च गर भन्ने सिद्धान्त हामीले प्रतिपादन गरेका छौँ । बिहे भएको तीन वर्ष भइसक्यो तर हामीले सन्तानोत्पत्तिबारे अझै विचार गर्न सकेका छैनौँ, राधाको पहिलो गर्भ खेर गएपछि ।

खबरदारी र विज्ञ

  • by

भर्खरै बृहत् जनआन्दोलनबाट शान्तिपूर्ण क्रान्ति सम्पन्न गरेको एउटा मुलुकले अग्रगामी परिवर्तनअनुसार साहित्य, संस्कृति र कलाको क्षेत्रमा नयाँ दृष्टिकोण र बहुल सांस्कृतिक चेतनाका साथ काम गर्ने गरी एउटा राष्ट्रिय सांस्कृतिक केन्द्र गठन गर्ने निर्णय गर्‍यो । एउटा उच्चस्तरीय सांस्कृतिक नीति निर्माण समिति गठन गरियो, जसमा सबै प्रमुख आन्दोलनकारी दलका प्रतिनिधि र सांस्कृतिक क्षेत्रमा कार्य गरिरहेका, जातजाति, विविध भाषाभाषीका प्रतिनिधि समावेश गरिए ।

मधुपर्कमा उद्घाटित प्रश्न

  • by

साहित्य के हो ? के होइन, कुनै पनि भाषामा लेखिएको सामग्री ? मधुपर्कमा प्रवेशपछि मात्र मसँग यस्तो प्रश्नले उत्तर खोज्यो । पहिले जे बुझियो त्यही नै साहित्य हो भन्ने लागेको रहेछ क्यारे, मधुपर्कमा पुगेपछि यस्तो अनुमान पनि हुनथाल्यो । प्रश्नले ब्यूँझाइ दिएर ।

साहित्यिक पत्रपत्रिका र यिनका पाठक

  • by

नेपालमा पत्रकारिताको चर्चा गर्दा साहित्यिक पत्रकारितालाई बिर्सन मिल्दैन । पत्रकारिताको सुरुआत नै साहित्यिक पत्रकारिताबाट भएको हो । वि.सं. १९५५ मा ‘सुधासागर’ प्रकाशित भएको थियो र यो नै नेपालको पहिलो पत्रिका (साहित्यिक) थियो । यसको तीन वर्षपछि मात्र गोरखापत्रको प्रकाशन प्रारम्भ भएको हो ।