Skip to content

मधुपर्क २०६७ माघ

पुरातात्विक महत्त्वका लुम्बिनी, कपिलवस्तु तथा देवदहबारे केही चर्चा

  • by

नेपालको रूपन्देही जिल्लामा रहेको लुम्बिनीमा गौतम बुद्ध जन्मेका थिए । कपिलवस्तु जिल्लास्थित तिलौराकोट बुद्धको बुबा शुद्धोधनको राजधानी थियो भने देवदह उनको मामाघर अर्थात मायादेवीको माइती कोलीयग्राम अन्तर्गत पर्दथ्यो । यी तीनैवटा स्थानको पुरातात्त्विक, ऐतिहासिक तथा धार्मिक महत्वको साथसाथै बुद्धको जीवनीसँग सम्बन्धित भएकाले नेपालको लागि मात्र नभएर समस्त विश्वको नै चासोको विषय हँदा ज्यादै महत्त्वपूर्ण छ ।

एकैसाथ हराए, ‘मन र कलम’ मेरा

  • by

मेरो मन परेको कलम हराएको धेरै दिन भएको छ । खोजी गर्दैमा घाम डुबे, धेरै । त्यो मेरो मायाको खेती । मन भनेको कलमले पोखी दगुर्ने जताततै । मनको कुनै सिलसिला बेग्लै हुँदैन । जे जो आउँछ, सोही बर्सिन्छ । कलम सशक्त माध्यम । यसरी, अहिले मन र कलम दुबै नखेलेको असहज र असहृय स्थितिमा म सास फेर्दो छु । जान्दिन, आराम हो कि यो हैरानी ।

विद्वान् टेकनाथ गौतमका अवदानका केही सम्झना

  • by

सेता मयलपोस सुरूवाल पहिरेका, सेतै पटुका बाँधेका, खैरो जहाहरकोट त्यसमाथि लाएका, सेतै फुलेका केश, लाम्चोलाम्चो परेको गोरो अनुहार भएका, कागतले बेरेको सानो किताप काखीमा च्यापेका, गम्भीर प्रकृतिका, ज्ञानवृद्ध वयोवृद्ध व्यक्ति मेरो कक्ष कोठामा टुप्लुक्क प्रवेश गरेर मुसुक्क हाँस्तै नमस्ते गरे । परिचयसाथ भलाकुसारी गर्दा उनी दाङका विद्वान् टेकनाथ गौतम रहेछन् ।

देवघाटधामको ऐतिहासिक कविगोष्ठी

  • by

सप्तगण्डकी (नारायणी) सङ्गमस्थल, अनेक नामले विभूषित देवाट/देवघट्ट/देवघाटधाम नेपालको मध्यभागमा मुटुका रूपमा रहेको छ । यो क्षेत्र तीन जिल्लाको परिधिमा बाँधिएको छ । समग्र अध्ययनमा हेर्दा भौगोलिक बनोटको सुन्दरता हेर्न लायक छ । यो तीर्थस्थल भारतस्थित ऋषिकेशको तपोवन भन्दा श्रेष्ठ भौगोलिक बनोटको रमणीय भूमि मानिन्छ ।

सम्बन्धको सेतुः मधुपर्क सम्मान

  • by

वि.सं. १९५८ बाट प्रकाशन प्रारम्भ भएको गोरखापत्रको इतिहास पनि विश्व पत्रकारिताको जेष्ठताको इतिहासक्रममा जोडिन पुग्ने गौरवपूर्ण आयुको भइसकेको छ । दक्षिण एसियाको पाटोमा मात्रै हेर्ने हो भने त गोरखापत्र जेठो पत्रिकामै गणना हुन थालेको छ । नेपाली पत्रकारिताको सन्दर्भमा भन्नुपर्दा गोरखापत्र जननी हो ।

मधुपर्कसँगको साइनो

  • by

मधुपर्कसँग मेरो साइनोको नालीवेली खोतल्ने हो भने ३५ वर्षअघि पुग्नुपर्ने हुन्छ । साँच्चै ३५ वर्ष अघिको त्यस कालखण्डमा पुग्नु भनेको अमला चपाएर पानी पिउनुजस्तै हो । यो स्वाद त्यसैलाई थाहा हुन्छ, जसले यस्तो स्वाद लिएको हुन्छ ।

ऐतिहासिक ‘मधुपर्क’ मासिकमा मेरो प्रथम रचना

  • by

वैयक्तिक प्रयासले सञ्चालित दुई/चारवटा पत्रपत्रिकाले आधुनिक नेपाली साहित्यिक पत्रकारितालाई धानिरहेको समयमा बौद्धिकवृत्तलाई जिल्याउँदै अनायास संवत २०२५ को जेठमा मधुपर्क मासिकको प्रकाशन प्रारम्भ भएको हो । राष्ट्रभाषा र राष्ट्रिय भाषालाई समुज्ज्वल र चहकिलो तुल्याउने कालान्तरका कतिपय विशिष्ट लेखकले त्यसबेला विस्तारै विधागत दृष्टिले आफ्नो मौलिक छवि बनाउन थालेको त्यो समय थियो ।

साहित्यिक पत्रकारिताको मानक ‘मधुपर्क’

  • by

आज मधुपर्कको ४३ वर्षे उमेर अर्थात् ५०० औं अङ्क प्रवेशको सन्दर्भमा हामी उभिएका छौँ । ४३ वर्षको अन्तरालमा छौँ, विश्वका लेखक, पाठक, सम्पादकहरू । नेपालजस्तो विकासोन्मुख देशमा पत्रकारिता त्यसमाथि पनि गैरसमाचारमूलक पत्रकारिता अत्यन्तै दुष्कर कार्यका रूपमा लिन सकिन्छ । साहित्यिक पत्रकारिता त झन् कठिनतम कार्य नै हो ।

नेपाली साहित्यिक पत्रकारितामा ‘मधुपर्क’को विशिष्ट योगदान

  • by

नेपालको साहित्यिक इतिहासमा साहित्यिक पत्रकारिताको लामो इतिहास छ । साहित्यिक पत्रिकाहरूलाई छहारी, मञ्च जे नाम दिइए पनि यसै थलोबाट थुप्रै प्रख्यात साहित्यकार जन्मिने मौका पाए । साहित्यिक प्रतिभाहरू जन्माउन र हुर्काउनका लागि साहित्यिक पत्रकारिताले विशेष भूमिका निर्वाह गरेको हुन्छ ।

धन्य निस्किरहेछ ‘मधुपर्क’

  • by

नेपाली पत्रकारिता विकासको यात्रालाई नियाल्दा यसको श्रीगणेश साहित्यिक पत्रकारिताबाट भएको देखिन्छ । संवत् १९४१ मा बनारसबाट रामकृष्ण वर्माको सम्पादन तथा युवाकवि मोतीराम भट्टको सक्रियतामा ‘गोर्खाभारत जीवन’ वा देशभित्रैबाट संवत् १९५५ मा ‘सुधा सागर’ पत्रिकाहरू साहित्यसँग सम्बन्धित थिए । यसबाट पनि यतिविघ्न इतिहास बोकेको साहित्यिक पत्रपत्रिकाको अवस्था आज कुन रूपमा छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । यद्यपि संस्थागत तवरबाट निस्केका केही पत्रिकाबाहेक बेला मौकामा खहरे उर्लेजस्तो आउने र साँच्चै नै यसले त छलाङ मार्छजस्तो लाग्ने हामीकहाँ साहित्यिक पत्रिकाको हालत छ ।

मधुपर्कसित गाँसिएका सम्झनाहरू

  • by

साहित्यिक मासिक पत्रिका मधुपर्कसित मेरा मधुरतम् सम्झना गाँसिएका छन् । मेरो साहित्य – लेखन र मधुपर्कको प्रकाशन लगभग एकै समय, एक वर्षको फरकमा प्रारम्भ भएको सुखद संयोग पनि यस प्रसङ्गमा उल्लेखनीय छ । विक्रम संवत् २०२५ सालमा गोरखापत्र संस्थानबाट साहित्यिक पत्रिकाका रूपमा त्यस मासिकको प्रकाशन शुभाम्भ हुनुभन्दा अगाडि नै मेरा केही रचना ज्योत्स्ना, रूपरेखा, गोरखापत्र आदि पत्र-पत्रिकामा छापिइसकेका भए पनि आम र खास, दुबैखाले पाठकका नजरमा पढ्ने किसिमका कथा र कविता छापिदिएर मलाई साहित्य -साधनामा लगातार लागिरहन उत्प्रेरित गरेको चाहिँ मधुपर्कले नै हो ।

मेरो कार्यकालमा कसरी खस्क्यो मधुपर्क’ ?

  • by

एउटा मीठो सपनाजसो गरी म गोरखापत्र संस्थानसँग प्रत्यक्ष नाता गाँस्न पुगेकी थिएँ । मैले होस सम्हालेको बेलादेखि म सचेत हुञ्जेलसम्म पनि नेपालमा अखवार भनेको गोरखापत्र र गोरखापत्र भनेकै अखवार हो भन्ने मलाई लागेको थियो । त्यसैले आफूले अत्यन्त सम्मान गरेको त्यस अखवार छाप्ने संस्थाको प्रमुख भएर कुनै दिन म गोरखापत्र संस्थानमा पुगुँला भन्ने मैले सोचेको कुरा पनि थिएन ।

मधुपर्कः मेरा सम्पर्कका चार दशक !

  • by

यसै अङ्कदेखि मधुपर्क आफ्नो प्रकाशनको ४२ औं वर्ष पूरा गरी ४३ वर्षमा प्रवेश गर्दै छ । नेपालजस्तो प्रकाशन उद्योगको आवश्यक विकास हुन नसकेको तथा अझै पनि साहित्यलाई अनुत्पादक ठानिने समाजमा कुनै पनि साहित्यिक प्रकाशनले प्रकाशनको ५०० औँ अङ्क सफलतापूर्वक प्रकाशित गर्नु गौरव कै विषय मान्नु पर्छ । यसरी नेपाली भाषा-साहित्य र संस्कृतिको विकासमा सघाएर नयाँ राष्ट्रिय संस्कृतिको निर्माणमा भूमिका खेल्दै नेपाली साहित्यिक पत्रकारितामैं लामो इतिहास बनाउन सफल रहेको यति गरिमामय प्रकाशनमा लामो समयसम्म सम्लग्न रहनु मेरा लागि पनि कम गौरवको विषय होइन ।

सम्झनामा मधुपर्क

  • by

पैँसठ्ठी सालमा मधुपर्कबाट ‘सम्मान ग्रहण गरिपाऊँ’ भन्ने विजुलीमार्गी निम्ता मलाई आएथ्यो । सम्मान, त्यो पनि सरकारी पत्रिका मधुपर्कको ! अनौठो निम्ता थियो त्यो । मधुपर्कसँग मेरो के नै पो नाता छ र मलाई केका लागि सम्मान ? त्यसैत्यसै रनभुल्ल परेँ म । जोडा मिलाएर सम्मान दिइने अर्का निम्तालु रहेछन् वैरागी काइँला । पद्यतर्फको सम्मान उनलाई रे, गद्यतर्फको मलाई ।

मधुपर्कमा मेरो लेखनको कीर्तिमान

  • by

संस्थागतरूपमा हेर्दा ‘गोरखापत्र’ सित मेरो सम्बन्ध धेरै पुरानो हो । ‘गोरखापत्र’ सित मेरोभन्दा पुरानो सम्बन्ध हुने धेरै होलान् । सबभन्दा पुरानो अखबार हो, त्यसकारण त्यो स्वाभाविक हो । मेरो सम्बन्ध अलिक अर्कै खालको हुनाले उल्लेख गरेको हुँ ।

मेरो मधुपर्क यात्रा

  • by

मेरो र मधुपर्कको साहित्य यात्रा उही दशक सुरू भयो । म अलि जेठो हुन पुगेँ । किनभने मधुपर्क जन्मिनुभन्दा केही वर्ष अघिदेखि मेरा रचनाहरू गोरखापत्र तथा रचना र रूपरेखाजस्ता त्यसबेलामा प्रतिष्ठित साहित्यिक पत्रिकाहरू छापिन लागेका थिए ।

‘मधुपर्क’मा मेरियाको कथा

  • by

“म आफूलाई खोज्न हिँड्न लागेकी ।”

“आफूलाई खोज्नको अर्थ ?….”

“मिस मेरियालाई खोज्न….बुझेनौं बुद्धको देशको मान्छे….” ऊ रिसाउँछे ।

मधुपर्कको नाम र कामको समीक्षा

  • by

नेपाली साहित्यिक पत्रपत्रिकाको इतिहासमा सबैभन्दा पहिला पूर्णाङ्क ५०० निकाल्न सफल भएको छ ‘मधुपर्क’ । यसको निमित्त गोरखापत्र संस्थान, ‘मधुपर्क’ सञ्चालन परिवारप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु र ‘मधुपर्क’को दीर्घायुको कामना !

सार्थक नामः मधुपर्क

  • by

‘मधुपर्क’ ५०० अङ्कमा प्रवेश गरेको छ माघ महिनाबाट वि.सं. २०२५ साल जेठ ३० मा तत्कालीन राजा महेन्द्रको शुभ जन्मदिनको अवसर पारेर प्रकाशन हुन थालेको ‘मधुपर्क’ को आयु साढे चार दशकको नजिकनजिक पुग्न लागेको छ । हुन त पचास वर्ष आयु पार गरिसकेका साहित्यिक पत्रिका अरू पनि हामी कहाँ नभएका होइनन्, तर मासिकरूपमा प्रकाशित भइरहने यस्ता पत्रिकामा भने अग्रस्थान मधुपर्कले नै ओगटेको छ ।

मधुपर्क र म

  • by

‘मधुपर्क’ को जन्म २०२५ साल जेठ, राजा महेन्द्रको जन्मदिन पारेर । मेरो १९८७ साल मङ्सिर ७ गते । अर्थात्, हामी दुई झण्डै ३८ वर्षले जेठा-कान्छा । एक पिँढीकै फरक भनौँ तर पनि, काक्ताली नै हो क्यारे, हाम्रोबीचमा कसो कसो एउटा मित्यारी सम्बन्ध गाँसियो । यो सम्बन्धको थालनी पनि मधुपर्कको जन्मकालदेखिकै हो, किनभने उसको पहिलो वर्षको दसौँ अङ्कमै मेरो ‘कठै काठमाडौँ’ निबन्धलाई स्थान दिएर मेरो कलमी करसतलाई अघि बढाउनमा उसले थैथै गरेकै हो ।